काठमाण्डौः मनकामना दर्शन प्रालिले सञ्चालन गरिरहेको केबलकार सेवा सोमबारदेखि बन्द भएको छ ।
गोरखाको सहिद लखन गाउँपालिका स्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको केबलकार बडादशैको कारण बन्द हुने भएको हो ।
वडादशैँको अवशरमा सदाझै तीन दिन बन्द गर्दै आईरहेको मनकामना केवलकार सोमबार २० देखि बुधबार २२ गतेसम्मका लागि बन्द गरिएको मनकामना दर्शन् प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले जनाएका छन् ।
बन्द केवलकार असोज २३ गते बिहिबारबाट नियमित समयमा पुनः सञ्चालनमा आउने छ ।