सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुरक्षाको माग गर्दै चिकित्सकहरूले सरकारलाई एप्रोन बुझाए (पत्र सहित)

२०७६ असोज १४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले चिकित्सक सुरक्षाको प्रत्याभुती दिन नसकेको भन्दै चिकित्सकहरूले सरकारलाई सेतोकोट (एप्रोन) सहित ज्ञापन पत्र बुझाएका छन् ।

सरकारले पेशागत सुरक्षा दिन नसकेको भनेर उनीहरूले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवलाई भेटेर सेतोकोट (एप्रोन) सहित ज्ञापनपत्र बुझाएर बिरोध जनाएका हुन् ।

 

पटक पटक चिकित्सक माथि दुर्व्यवहार र आक्रमण भइरहँदा समेत सरकार चुप लागेर बसेको भन्दै उनीहरूले आफ्नो पेशाको महत्वपूर्ण प्रतिक सेतोकोट (एप्रोन) सरकारलाई बुझाउन बाध्य भएको उनीहरूले बताएका छन् ।

गत साता ओम अस्पतालमा प्रा.डा. भोलाराज जोशीको नेतृत्वमा पित्तथैलीमा रहेको पत्थरी शल्यक्रिया गरेर निकाल्ने क्रममा धादिङ गंगाजमुना गाउँपालिकाकी २९ बर्षिया अनिता गुरुङको मृत्यु भएको थियो ।

उक्त घटनालाई लिएर मृतकका आफन्त र युटुवरले डा. जोशीमाथि दुव्र्यवहार गरेको थियो । घटना भएको एक सातापछी विभिन्न पेशागत चिकित्सक संघ/संगठनहरूले संयुक्त विज्ञप्ती जारी गरी पेशागत सुरक्षाको माग गरेका हुन् । सोही घटनाको बिरोधमा उनीहरूले मंगलबार सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल प्रहरी अस्पताल र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनबीच सहकार्य

भारतमा गर्मीका कारण ५१ जनाको मृत्यु

भेरी अस्पताललाई सिकलसेल एनेमिया उपचार केन्द्र बनाउने

सेती अस्पतालमा नवजात शिशुको मृत्यु, अस्पतालले लापरबाही गरेको आरोप

बाँकी रहेको आइपिभी खोप प्रयोग गर्न निर्देशन

गर्मीमा पिउनुहोस् चिसो दूध पाइन्छ फाइदा

स्वास्थ्य शिविरमा चार सय बिरामीको उपचार

बैतडीमा भोलिदेखि पोलियोविरुद्धको खोप लगाइँदै

खैरालामा स्वास्थ्यचौकी भवन निर्माण

गर्भवती र सुत्केरीलाई पौष्टिक पिठो

२ सय ६४ वटा स्वास्थ्य संस्थामा सिटामोलसमेत पाइएन, ३ सय ८० वटामा जीवनजल छैन

पशु अस्पताललाई प्रभावकारी बनाउन सरकार प्रतिबद्धता छ : मुख्यमन्त्री अधिकारी