सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सभामुख महरा नेताहरु भेट्दै विकल्प खोज्दै

२०७६ असोज १४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : सभामुख कृष्ण बहादुर महरा र नेकपा अध्यक्ष प्रचण्ड बीच भेटबार्ता भएको छ ।

सभामुख निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा आईतबार भएको सेक्स स्क्याण्डलको आरोपबारे छलफल भएको बताईएको छ ।

आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा भौतारिएका सभामुख महराले बिहानै देखि नेकपाका शीर्ष नेताहरुलाई भेटिरहेका छन ।

नेकपाकै कतिपय नेताले महराका लागि अब राजीनामा दिनु वा महाअभियोगको सामना विकल्पमा रहेको जानकारी दिदै छिटै राजीनामा गर्न उच्च नेतृत्वले संकेत दिएको नेताहरुले बताएका छन् ।

महराले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँगग पनि विहानै भेट गरिसकेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका नेताहरू सभामुख महरामाथि लागेको आरोपबारे अध्यक्षद्वय र महासचिव बिच छलफल भएको थियो ।

सभामुख महराले शीर्ष नेताहरुलाई २ पटकसम्म भेटिरहदा अब राजीनामा दिनु वा महाअभियोगको सामना गर्नुको विकल्प नरहेको प्रष्ट हुने देखिन्छ ।

अहिले मध्यान्ह १२ बजे देखि सोही विषयमा छलफल गर्न सचीवालय बैठक बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हरेक क्षेत्रमा महिला सहभागिताका लागि सबैको सामूहिक प्रयास हुनुपर्छः राष्ट्रपति पौडेल

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेस

उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालको भेंटवार्ता

शान्ति, सहअस्तित्व, सहिष्णुता बनाउने अभियानमा लाग्न राष्ट्रपतिको आग्रह

बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यकः उपराष्ट्रपति

राष्ट्रपतिसँग बिम्स्टेकका महासचिव पाण्डेको शिष्टाचार भेट

नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन