काठमाण्डौः नेपालीहरूको प्रमुख चाड दशैं नजिकिएसँगै खाद्यान्न तथा तरकारीको मूल्य ह्वात्तै महङ्गिएको छ । पछिल्लो समय सरकारले सवारी साधनको भाडा समायोजन गरेसँगै खाद्यान्न एवम् तरकारीको मुल्य अकासिएको हो । चाडपर्वमा दैनिक उपभोग्य बस्तु किनमेल बाक्लिएसँगै महंगि र आपूर्ति अभावलाई देखाएर व्यापारी र बिचौलियाले मनोमानी मुल्य लिइरहँदा सरकार उपभोक्तालाई राहत र सहुलियत दिलाउन सकिरहेको छैन् ।
बजारमा दैनिक उपभोग्य सामानको मुल्य दिन दुगुना रात चौगुना बढिरहेको छ । केही व्यवसायी ढुवानी मुल्य बढेकाले सामानको मुल्य बृद्धि भएको बताइरहेका छन् भने केही सामानको माग बढी आपूर्ती कम हुँदा मुल्य बृद्धि भएको बताउछन् ।
चाडपर्वमा खाद्यान्नदेखी तरकारीसम्ममा बस्तुहरूमा अचाक्लि मुल्य बढिरहेको आम सर्वसाधारणको गुनासो रहेको छ । खाद्यान्नतर्फ चामल, दाल र तेलको मुल्य १५ प्रतिशतभन्दा धेरैले बढेको छ । यसैगरी तरकारीमा प्रति किलो २०० प्रतिशत भन्दा धेरैको महंगी थपिदा उपभोक्ता झनै बढी चिन्तित रहेका छन् । निरन्तर मूल्यवृद्धिको मार खेपिरहेका उपभोक्ता चाडपर्वमा झनै महंगी थपिएकोमा गुनासो गरिरहेका छन् ।
सरकारी अनुगमन प्रभावकारी नहुँदा ब्यापारीले आफुखुसी मुल्य निर्धारण मात्रै गरिरहेका छैनन्, बजारमा कृतिम अभाव देखाएर उपभोक्तासँग महंगो शुल्क लिइरहेको प्रष्ट देख्न सकिन्छ । दशैको मौका छोपी विभिन्न खाद्य तथा तरकारीमा गरिएको चर्को मूल्यवृद्धिले सर्वसधारण मात्र नभइ उपभोक्ता सरकारबाट राहत नपाएको भन्दै निराश भएका छन् । बजरामा सरकारको कुनै अनुगमनको गुन्जायस नभएको सर्वसाधारण उपभोक्ताको आरोप छ ।
सुचना प्रवाह गर्ने सरकारी वेभसाइट नै चल्दैनन्
बजारमा सरकारको कुनै अनुगमनको गुन्जायस नभएको सर्वसाधारण उपभोक्ताको आरोप छ । बजारमा सरकारी अनुगमन कति प्रभाबकारी छ भनेर बुझ्न सरकी वेभसाइट नै हेरे पुग्छ । सरकारको आधिकारिक मन्त्रालय कृषि तथा पशुपन्छी बिकास मन्त्रालय अन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको वेभसाइट केही दिनयता बन्द छ । सर्वसाधारणले सहि सुचना पाउने निकाय नै बन्द गरेर कालोबजारीलाइ प्रश्चय दिइरहेको आरोप लागिरहँदा सरकार त्यसको साछी बसेको प्रस्टै देखिन्छ । यसै सिलसिलामा सर्वसाधारण उपभोक्तालाइ सजिलो होस भनेर सरकारले राखेको आफ्नो वेभसाइट https://kalimatimarket.gov.np मा सर्च गर्दा देखिनुपर्ने दैनिक मुल्यसूची नदेखिदाँ सरकारी निकायका कर्मचारी र ब्यापारी मिलेको आम सर्वसाधारणमा आशंका पैदा भएको छ ।
बजार अनुगमन देखावटी मात्र
सरकारले प्रत्येक बर्ष उपभोक्ताहरूलाइ सहज होस भनेर सस्तो बजार शुरू गरेको छ । बाहिरको तुलनामा सस्तो बजारमा समानहरूको मुल्य कम हुनु स्वभाविकै नै हो । तर त्यही सस्तो बजारमा कर्मचारीहरूको मिलोमतोमा कालोबजारिहरूले सर्वसाधारणको ढाड सेक्नेगरी मुल्य बृद्धी भएको पाइन्छ । सस्तो बजारमा ब्यापारी नै पहिला पुगेर धेरै समानहरू एकैचोटी किन्छन् र सस्तोबजारमा समानहरूको अभाब सृजना गराइदिन्छन् । अन्ततः सर्वसाधारणले चाहेको बस्तु अभावको कारण देखाउदै बाहिरको खुद्धा मुल्यमा किन्न बाध्य हुन्छन् । सरकारले बेलैमा सोेचेर बजार अनुगमन गरे आम सर्वसाधारण महङंगीको मारमा पर्ने थिएनन् ।