सदाबहार खबरको रफ्तार ....
बैसाख ८, २०८१ शनिबार
April 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण र सुरक्षा अवस्था

२०७६ असोज १२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः चिनियाँ राष्ट्रपति सि जिनपिङको आसन्न नेपाल भ्रमणलाई लिएर विभिन्न टिका टिप्पणीहरू शुरू भएका छन् । सी चिनफिङको २३ वर्षपछि हुन लागेको उच्च तहको भ्रमणलाइ कसरी सुरक्षित बनाउन सकिन्छ भनेर सरकारले विभिन्न किशिमका सुरक्षा रणनितिहरू अवलम्बन गरिरहेको छ । सोही योजना तर्जुमा र संयोजनको सम्पूर्ण जिम्मा गृह मन्त्रालयलाई सरकारले दिइसकेको जनाएको छ ।

राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण सुनिश्चितताको सन्देश दिएर चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरू नेपाल भ्रमण गरी स्वदेश फर्किसकेका छन् । त्यस लगत्तै मेजर जनरलको नेतृत्वमा नेपाल आएको चिनिया सुरक्षाकर्मीहरूको अलग टोली पनि काठमाण्डौ आई आन्तरिक एवं बाह्य सुरक्षा चुनाैतीबारे विभिन्न कोणबाट नियालिरहेको छ ।

राष्ट्रपति सि को भ्रमणका बेला हुन सक्ने सुरक्षा चुनौतीलाइ लिएर चिनिया सुरक्षा अधिकारी र नेपालका सम्पूर्ण सुरक्षा निकायहरू सजग देखिन्छन् । यद्दपी सुरक्षा प्रवन्ध कसरी मिलाउछ भन्ने कुरा जनचासोको समेत बिषयमा भइसकेको पाइन्छ । राष्ट्रपति सीको सुरक्षाको पहिलो घेरामा भने चिनिया कमाण्डो, दोस्रो घेरामा नेपाली सेनाको कमाण्डो टोली रहनेछ । सवारीको समयभर नेपाल प्रहरी र ट्रफिक प्रहरीको संयुक्त अगुवाइमा सडक खाली गराउने र ट्राफिकिङ्गको ब्यबस्था गरिनेछ ।

राष्ट्रपति सी भ्रमणका कुन होटलमा बस्छन् र उक्त होटलको सुरक्षाको जिम्मेबारी कस्को हुने भन्नेमा गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको स्पेशल टिमलाइ खटाउने लगभग पक्का जस्तै भएको देखिन्छ ।

असोज पहिलो साता सि जिनपिङको बिचारधारालाई अबलम्बन गर्ने उद्देश्यका साथ काठमाडौंमा सम्पन्न चीनिया कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी बिच संयुक्त केन्द्रिय प्रशिक्षण एवं ६ बुँदे लिखित सम्झौतालाइ लिएर प्रमुख प्रतिपक्ष दलका नेताहरूले बक्तब्यबाजीहरू दिईरहेका छन् ।

यद्दपी सिको भ्रमणलाइ लक्षित गरी कुनै पनि घटना हुन नसक्ने सुरक्षा बिश्लेषण भइरहेको भएपनि उच्च सुरक्षाका बिच सम्भाबित ठुलो घटाउन नसक्ने निचोडमा सुरक्षा निकाय पुगेको देखिन्छ । स्वतन्त्र तिब्बतको पक्षमा आन्दोलन चलाइरहेको तिब्बती शरणार्थीहरूका आधार शिविरहरू काठमाडौंका बौद्ध, स्वयम्भू, नेपाल प्रवेश गर्ने तातोपानी र रसुवागढी नाकामा भइरहेको विभिन्न गतिविधिहरूलाई सुरक्षा निकायले सुक्ष्म निगरानी गरिरहेको बताउदै आएको छ ।

भौतिक रुपमा राष्ट्रपति सी माथि कुनै चुनौती नरहेको निष्कर्ष निकालेपनि सुरक्षा निकायहरूले उनको भ्रमणका बेला राजधानी भित्र तथा बाहिर कुनै न कुनै रूपमा सांकेतिक रूपमा विरोध प्रदर्शन गर्न सक्ने अनुमान सुरक्षा निकायहरूले राखेका छन् ।

यसैगरी चीनको सिन्जियाङ प्रान्तमा हिंसात्मक गतिविधी गरिरहेको उईगुर (मुसलमान) समूहबाट पनि सुरक्षा खतरा हुनसक्ने निष्कर्ष निकालेका छन् । यद्दपी तिनका गतिविधी नेपालमा हालसम्म देखा परेका छैनन् ।

यसअघि कुनै न कुनै रुपमा चीन विरोधी शक्तिसँग निकट देखिएका वा त्यस्ता गतिविधिमा संलग्न भएका सत्तारुढ, विपक्ष दलका केही भारतीय झुकाब भएका नेताहरू नै सुरक्षा निकायको बिशेष निगरानिमा रहेका छन् ।

यसरी निगरानीमा पर्नेहरूमा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता हाल राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य विपी यादव र राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव, तत्कालीन दलित जनजाति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवान, तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का ईश्वरदयाल मिश्र र आशाकुमारी सरदार तथा संघीय लोकतान्त्रिक मञ्चकी रुकमणी चौधरी पनि चिनिया सुरक्षा निकायको शंकास्पद सूचीमा पर्छन् ।

मधेसमा यसअघि चीनको विरोध गर्दै झण्डा जलाउने कार्यमा संलग्न समूहबाट पनि सी भ्रमणका बेला सुरक्षा खतरा हुनसक्ने अनुमान सुरक्षा निकायले गरिरहेको छ । हुन त छिमेकी राष्ट्रका उच्च स्तरिय भ्रमणहरू यसअघि पनि नभएका होइनन् । यद्दपी भ्रमणका बेला कुनै पनि दुर्घटनाहरू हुन नदिन नेपाली पक्षको प्रतिष्ठाको बिषय बनेको छ ।

हिन्द प्रसान्त रणनिति (IPS) मा बिशेषगरी एशिया प्यासिफिक रिजनमा पश्चिमा ठुला राष्ट्रहरूको भूमिका कमजोर बनिरहेको बखत राष्ट्रपति सि को नेपाल भ्रमण अर्थपूर्ण हुने जानकारहरू बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वित्तीय अधिकारको अभावमा संघीयता असफल : श्यामप्रसाद मैनाली

लोकतन्त्र र सुशासन हदैसम्मको उपहास ! – श्यामप्रसाद मैनाली

हुलाकी राजमार्ग : मधेश रूपान्तरणको आशा – कृष्ण खनाल

राष्ट्रिय स्वार्थबाट विमुख नेपाली राजनीति : श्यामप्रसाद मैनाली

हस्तक्षेपमुक्त लोकपालको खाँचो : मल्ल के. सुन्दर

एसडी मुनीले देखेको नेपाली राजनीति र हाम्रो निरीह पात्रहरु : युवराज घिमिरे

मेलम्चीको अन्त्यहीन दोहन : गौरीबहादुर कार्की

सोमालिया बन्दै त छैन नेपाल ? : श्यामप्रसाद मैनाली

एकीकरणदेखि सांस्कृतिक वैभवसम्म : डा. प्रेमसिंह बस्न्यात

धर्मको राजनीति : फुटाउ र राज गर ! – इन्द्र अधिकारी

लोकतन्त्रको रक्षार्थ संविधान पुनरावलोकन जरुरी : श्यामप्रसाद मैनाली

द्रुत वृद्धिमा छिमेक, टाक्सिँदो नेपाल : अच्युत वाग्ले