सदाबहार खबरको रफ्तार ....
असोज २०, २०८१ आइतबार
October 6, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विश्वविद्यालय सञ्चालन प्रक्रिया सुरु गर्न ध्यानाकर्षण

२०८१ भाद्र २७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुदूरपश्चिम, २७ भदौः सुदूरपश्चिम प्रदेशसभाका सदस्यले कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको प्रक्रिया तत्कालअघि बढाउन ध्यानाकर्षण गराउनुभएको छ ।

प्रदेशसभाको आजको बैठकको प्रारम्भमा प्रदेशसभा सदस्य धर्मराज पाठकले कहिले मेडिकल कलेज र कहिले विश्वविद्यालय स्थापना गर्ने भन्दै राज्यको रु सात अर्ब लगानी भइसकेको गेटामा निर्माण भएका संरचनामा तत्काल विश्वविद्यालय स्थापनाको प्रक्रिया सुरु गर्न ध्यानाकर्षण गराउनुभयो ।

सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालय स्थापनामा केन्द्र सरकारले विभेद गरेको भन्दै उहाँले प्रतिनिधिसभामा छलफलका क्रममा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक तत्काल पारित गरेर विश्वविद्यालय स्थापनाको काम अगाडि बढाउन माग गर्नुभयो ।

प्रदेशसभा सदस्य जानकी बमले देशका अरु छ प्रदेशमा ‘एमबिबिएस’को अध्ययन अध्यापन भइरहे पनि केन्द्रको विभेदकारी नीतिका कारण सुदूरपश्चिम प्रदेशमा यो विषयको अध्ययन नभइरहेकाले गेटामा तत्काल विश्वविद्यालय सञ्चालन गर्न माग गर्नुभयो ।

स्वास्थ्य शिक्षा प्रदान गर्ने देशका विभिन्न २५ स्वास्थ्य संस्थालाई दुई हजारभन्दा बढी कोटा अध्ययनका लागि छुट्याइएको समाचार सार्वजनिक भएसँगै गेटामा विश्वविद्यालय स्थापनाका लागि जनस्तरबाट गठन भएको सङ्घर्ष समितिले विश्वविद्यालय स्थापनाका लागि पुनःदबाबमूलक कार्यक्रम गरिरहेको छ ।

आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक’लाई सभासमक्ष टेबुल गर्नुभयो ।

उक्त विधेयक टेबुल गर्नुहुँदै मन्त्री थापाले तत्कालीन सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक र आर्थिक विधेयक सदनबाट पारित हुननसकेको अवस्थामा प्रदेशको राजस्व सङ्कलनमा देखिएको शून्यताको अवस्थालाई हटाउन राजस्व सङ्कलनसम्बन्धी विधेयक ल्याउनुपरेको स्पष्ट पार्नुभयो ।

मन्त्री थापाले महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदन २०७९, प्रदेश लोकसेवा आयोगको तृतीय वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन बैठकमा पेस गर्नुभयो ।

सभामुख भीमबहादुर भण्डारीले नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलको सिफारिसमा प्रदेशसभा सदस्य चक्रबहादुर मल्ललाई कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरिएको व्यहोरा जानकारी गराउनुभयो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अवरुद्ध राजमार्गहरू दशैं अगावै आवतजावत सहज बनाउन संसदीय समितिको निर्देशन

विपद् प्रभावितलाई अस्थायी आवासको प्रबन्ध गर्न सांसदको आग्रह

प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ?

प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन

वाग्मती प्रदेशसभाको चालु अधिवेशनको अन्त्य

राष्ट्रिय सभा अध्यक्ष दाहालद्धारा दुई विधेयक प्रमाणित

प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ प्रारम्भ

कर्णाली प्रदेशसभा अधिवेशन आज अन्त्य हुँदै

विपद् प्रभावितलाई तत्काल राहत सामग्री वितरण र पुनःस्थापना गर्न निर्देशन

बाढीपहिरामा परी दुई १८ जनाको मृत्यु, २७ बेपत्ता

सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान

दुई वटा संसदीय समितिको बैठक बस्दै