सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बनारसमा एक नेपालीको जबरजस्ती कपाल मुण्डन गर्ने २ पक्राउ

२०७७ श्रावण २, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: भारतको बनारसमा एकजना नेपालीमाथि ज्यादतीमा संलग्‍न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र बनारसमा काम गर्न गएका एक नेपालीको भारतीय विश्‍व हिन्दू सेनाका कार्यकर्ताले जबरजस्ती कपाल मुण्डन गरेर जय श्रीराम लेखेका थिए।

यो घटनालाई लिएर कूटनीतिक माध्यमबाट नेपालले गम्भीर आपत्ति जनाएको थियो। भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा यसबारे आपत्ति जनाएपछि प्रहरी हर्कतमा आएको थियो। त्यसक्रममा दुईजनालाई पक्राउ गरिएको वाराणसी प्रहरीका एसएसपी अमित पाठकले शुक्रबार जानकारी दिएका छन्। पाठकका अनुसार नेपालीको केस मुण्डन र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजीमा संलग्‍न दुईजनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरुमा वाराणसीमा विश्‍व हिन्दु अभियानसँग जोडिएका दुई युवा सन्तोष पाण्डेय र अरुण पाठक रहेका छन्। उनीहरुमध्ये पाण्डेयले नेपालीमाथिको ज्यादतीका क्रममा भिडियो खिचेका थिए भने पाठकले फेसबुकमा अपलोड गरेका थिए। पाठक विश्‍व हिन्दु सेनामा कार्यरत रहेका खुलेको छ।    भारतमा नेपालीमाथि ज्यादती, कपाल मुण्डन गरेर ओलीविरुद्ध नारा लगाउन लगाइयो ‘नेपालीमाथि भएको ज्यादतीको यस भिडियोलाई अरुण पाठकले आफ्नो फेसबुकमा सेयर गरेको भेटिएको छ।

पक्राउ परेका सन्तोष पाण्डेयले खिचेको पुष्टि भएको छ। उनको मोबाइलबाट पनि त्यो भिडियो बरामद भएको छ’, एसएसपी पाठकले भने, ‘नेपालीमाथि ज्यादतीमा संलग्‍नहरुविरुद्ध थाना भेलुपुरमा उजुरी दर्ता भइसकेको छ। पक्राउ परेकाबाट त्यस घटनामा संलग्‍न सबैको पहिचान भएको छ। हामी सबैलाई कडा कारवाही चलाउँछौं।’ एसएसपी पाठकका अनुसार स्थानीयस्तरमा हिन्दु धार्मिक संगठन चलाउने उनीहरुले त्यस भिडियोमा छिमेकी देश (नेपाल) का नेताविरुद्ध अमर्यादित टिप्पणी गरेको पाइएको पनि जानकारी दिए। ‘अरुणसहित घटनामा संलग्न सबैविरुद्ध मुद्दा दर्ता भएको छ। यस घटनासँग जोडिएका सबै व्यक्तिको पहिचान भइसकेको छ।

घटनामा संलग्‍न केही व्यक्तिलाई हिरासतमा लिएर सोधपुछ भइरहेको छ। फरार भएकाहरुको गिरफ्तारीका लागि प्रयास जारी छ’, उनले भने, ‘स्थानीय पुलिसले कठोर कारवाही चलाउने छ।’ नेपालीमाथि ज्यादतीका क्रममा  उनीहरुले नेपालका प्रधानमन्त्रीविरुद्ध बोल्न लगाउँदै राम नेपालमा होइन भारतमा जन्मिएको हो भन्‍ने नारा पनि लगाउन लाएका थिए। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको हो भारतमा होइन भन्‍ने अभिव्यक्ति दिएपछि भारतीय हिन्दूहरूले विरोध गर्दै आएका छन्।

त्यस्तै उनीहरुले प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन चेतावनी दिइरहेका छन्।  तर भारतीय विदेश मन्त्रालयले भने नेपालको परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरिसकेकाले यसबारेमा कुनै टिप्पणीको आवश्यकता नरहेको बताइसकेको छ।
https://twitter.com/i/status/1284095610237280257

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ