सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सुनसरी अपडेटः अटोमेटिक पेस्तोल र ६ राउन्ड गोलीसहित २ पक्राउ

२०७७ श्रावण २, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सुनसरीमा अटोमेटिक पेस्तोल र ६ राउन्ड गोलीसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा देवानगन्‍ज गाउँपालिका २ बस्‍ने २३ वर्षीय पिन्टु यादव र सोही गाउँपालिका ३ बस्‍ने ३२ वर्षीय राजेश यादव छन् । उनीहरुको साथबाट अटोमेटिक पेस्तोल १ थान, सोही पेस्तोलको गोली ६ राउन्ड, म्याग्जिन २ थान तथा बीआर ३८ भी ३५२८ नम्बर र अनटेस्‍ट लेखिएको मोटरसाइकल बरामद भएको छ ।

प्रहरीका अनुसार देवानगन्‍ज गाउँपालिका ३ पानीट्याङकीस्थित जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको गस्ती टोलीले भारतीय नम्बर प्लेटका दुई मोटरसाइकलमा आएका पिन्टु यादव, राजेश यादव र अन्य तीन जनालाई शंका लागि जाँच गर्ने क्रममा उनीहरुले प्रहरीलाई लक्षित गरी एक्कासि फायर खोलेका थिए ।

फायर खोलेर भाग्‍न खोज्दा प्रहरीले जवाफी फायर गर्दा पिन्टु यादव र राजेश यादव घाइते भएका  थिए । घाइते दुवैलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो ।

घटनामा संलग्‍न फरार रहेका अन्य ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ