काठमाण्डौः नेपालमा दुई तिहाइको कम्युनिष्ट सरकार गठन भएयता चिनिया कम्युनिष्ट पार्टी र उत्तरी देश चिनको गतिविधी ह्वात्तै बढिरहेको छ । यसै क्रममा चिनिया लगानी भित्र्याउने र नेपालमा एक छत्र रूपमा चलेको दक्षिणको राजनितिलाइ पूर्णबिराम लगाउन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी हात धोएर लागिपरेका छन् भन्दा कुनै अनौठो नमाने हुन्छ । हुन त नेपालमा गणतन्त्र स्थापना यता बदलिएको राजनितिक परिस्थितिसँगै नेपाल र चीनबीचको सम्बन्ध नयाँ ढंगले अगाडि बढीरहेको देखिन्छ ।
यसै क्रममा चिनिया राष्ट्रपति सि जिनपिङको असोज अन्तिम साता हुने भ्रमणलाइ लक्षित गरी चिनिया कम्युनिष्ट पार्टीले विभिन्न गतिविधीहरू चलाइरहेका छन् । सत्तारूढ डबल (नेकपा) ले सि जीन पिन नँया युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचार धाराको परिचयात्मक कार्यक्रम तथा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी विचको सैद्धान्तिक विचार गोष्ठी नाम दिएर कार्यक्रम सञ्चालन गरिरहेको छ ।
दरबारमार्गमा रहेको होटल याक एण्ड यतीमा सोमबारदेखी जारी गोष्ठीमा सहभागी हुन चिनियाँ कम्युनिस्ट पार्टी (CPC)को तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओको बिशेष उपस्थितिमा ढेड दर्जन चिनिया कम्युनिष्ट पार्टीका नेताहरू गोष्ठीमा सहभागी छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ नेपाल भ्रमणमा आएपश्चात क-कस्लाई भेटिरहेका छन् भन्ने चासो र चिन्ता अरूलाइ भन्दा दक्षिणतिर बढ्दै गएको हुनुपर्छ । मंगलबारदेखी तीन दिनसम्म नेपाल भ्रमणमा रहँदा सोङ ताओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलि, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र बरिष्ट नेता माधब कुमार नेपाललाई भेट्ने कार्यसूची यस अघि नै सार्वजनिक भइसकेको छ ।
(सीपीसी) अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओको प्रधानमन्त्रीसँग एकै दिन दुइ पटक भेट्घाट
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ आधा दर्जनको नेतृत्व गर्दै मंगलबार थाइ एयरयेजबाट बैङकक हुँदै मध्यान्ह साँढे १२ बजे काठमाण्डौं अवतरण गरे । एयरपोर्टबाट सिधै होटल छिरेका ताओ अपरान्ह पौने ४ बजे राजदुत होउ यान्कीको साथमा प्रधानमन्त्रीलाइ भेट्न सरकारी निवास बालुवाटार पुगेर सवा घण्टा छलफल गरे ।
उक्त छलफल पश्चात बलुवाटारबाट बाहिरिएका उनी होटल याक एण्ड यति होटेलमा बिचार गोष्ठी कार्य्रक्रममा सहभागी हुन साँढे पाँच बजे दरबारमार्ग पुगे । उद्घाटन् समारोहमा सरिक भएर फेरी सुङ ताओ प्रधानमन्त्रीलाइ भेट्न बेलुका साँढे सात बजे बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँग विदेश विभाग प्रमुख ताओको सोमबार दोस्रो छलफल भएको थियो । छलफलमा पूर्व प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि सामेल भएका थिए ।
झण्डै ढेड घण्टा भएको छलफलमा नेपालको समग्र राजनितिका बारेमा पालैपालो सबिस्तार बताउदै चिनिया राष्ट्रपतिको भ्रमणका एजेण्डबारे पनि कुराकानी भएको बालुवाटार स्रोतको दाबी छ । सोमबार बालुवाटारबाट राती नौ बजे बाहिरिएका ताओ मंगलबार भने कार्यक्रममै ब्यस्त छन् । सम्भबत आजै अन्य नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
दुई देशका कम्युनिष्ट पार्टीबिच पाँच वर्षसम्म उच्चस्तरको सहकार्य गर्ने ६ बुँदे सम्झौता
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच आगामी पाँच वर्षसम्म उच्चस्तरको सहकार्य गर्ने सम्झौता भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख सोङ ताओ र (नेकपा)का विदेश विभाग प्रमुख माधवकुमार नेपालले पाँच वर्षे उच्चस्तरको सहकार्यका लागि ६ बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा के के छन् ?
– उच्चस्तरीय भ्रमण
– कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि
– पार्टी-पार्टी अनुभव आधारित सहयोग आदानप्रदान
– युवा र स्थानीय नेताहरूबीच भ्रमण आदानप्रदान
– जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
– विचार-सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन
भारतीय राजदूतको अचानक प्रधानमन्त्रीसँग भेटवार्ता
दुई देशका सत्ताधारी कम्युनिष्ट पार्टीबिच आपसी सम्बन्ध बाक्लिदै गर्दा दक्षिणतर्फ चासो मात्र नभइ चिन्ता पर्ने अनुमान धेरैको थियो । यद्दपी संयोगबस भन्नुपर्दा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलिलाई भेट्न भारतीय राजदूत मन्जिभ सिंह पुरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
करिब आधा घण्टा भएको भेटवार्तामा चीन र नेपाल दुई देशका कम्युनिष्ट पार्टीबिच पाँच वर्षसम्म उच्चस्तरको सहकार्य गर्ने ६ बुँदे सम्झौता लगायत समसामयिक पछिल्लो राजनितिक घटनाक्रमका बिषयमा छलफल भएको बालुवाटार स्रोतको दाबी छ । नेपालको राजनितिमा सधै मियो बन्दै आएको भारत उत्तरसँगको नेकपाको पछिल्लो सम्झौताले थप तरंगित हुने भएको छ ।
