काठमाण्डौं: प्रधानमन्त्री केपी शर्मा ओलि र नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरी बिच भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलिलाई भेट्न राजदूत पुरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
मंगलबार अपरान्ह भउको भेटवार्तामा समसामयिक पछिल्लो राजनतिक घटनाक्रमका बिषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । दुइ कम्युनिष्ट पार्टीबिच सोमबारदेखी दरबारमार्गमा बिचार गोष्ठी चलिरहेको बखत प्रधानमन्त्री र राजदुत बिच आधा घण्टा भेटवार्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।