सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

लागुऔषधसहित २ पक्राउ

२०७७ असार २९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः प्रहरीले सिरहाको दुई स्थानबाट लागुऔषधसहित दुईजना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सीमावर्ती बरियारपट्टि गाउँपालिका २ श्रीपुरका २० वर्षीय चन्दन कुमार यादव र नवराजपुर गाउँपालिका ४ का रामपुकार शर्मा रहेको प्रहरीले जनाएको छ । यादवलाई बरियारपट्टि गाउँपालिका ३ बाट र शर्मा लहान बजारबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विनोद घिमिरेका अनुसार यादव पैदल यात्रीलाई सादा पोशाकको प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरिएको हो । उनको साथबाट लागुऔषध अल्प्राजोल्याम ट्याब्लेट १८०० पीस र पेन्टाजोसाईन २८६ एम्पुल बरामद भएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले शर्मालाई चेकजाँचको क्रममा पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध डाइजिल्याब ४६ एम्पुल, फेनारागन ४७ एम्पुल, नोफिन ४६ एम्पुल गरी जम्मा १३९ एम्पुल बरामद भएको छ । शर्माले प्रयोग गरेका १६० सीसीको अपाचे अनटेष्ट मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा लिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ