सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतको हथरासमा भागदौड हुँदा मृत्यु हुनेको संख्या १२१ पुग्यो

२०८१ असार १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतको उत्तरप्रदेशस्थित हाथरस जिल्लामा एक बाबाको धार्मिक कार्यक्रममा भागदौड हुँदा मृत्यु हुनेको संख्या १२१ पुगेको छ।

मंगलबार ‘भोले बाबा’ नाम गरेका नारायण सरकार हरिको सत्संग कार्यक्रममा सहभागी मानिसहरूबीच भागदौड मच्चिँदा १२१ जनाको मृत्यु भएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ। ती बाबाको वास्तविक नाम सुरज पाल रहेको समाचारमा उल्लेख छ।

लाखौं भक्तजनहरू सहभागी भएको कार्यक्रममा भागदौड हुँदा ज्यान गुमाउनेमा महिलाहरू धेरै छन्। एक सय जना भन्दा बढी महिला र ७ बालबालिकाको मृत्यु भएको हो। त्‍यस्तै २८ जना भक्तजन घाइते समेत छन्। उत्तर प्रदेश सरकारले मृतक परिवारलाई दुई लाख भारू राहत दिने घोषणा गरेको छ। यस्तै, घाइतेलाई ५० हजार भारु क्षतिपूर्ति दिने घोषणा गरेको हो।

प्रहरी अधिकारीका अनुसार कार्यक्रम सकिने बेलामा उक्त घटना भएको हो। साँझ ‘भोले बाबा’ले सत्संग छाडेर जाँदै गर्दा भक्तजनहरू उनी पछाडि दौडिएका थिए। भक्तजनहरू बाबा चढेको गाडीको टायरबाट झरेको धुलो लिन एक्कासि दौडिएको एनडिटिभीले जनाएको छ। एक्कासि ठूलो भीड दौडिँदा सयौं मानिसहरू भुइँमा एकअर्कामाथि लड्न पुगेका थिए।

यस घटनापछि अनुसन्धान गर्न उच्चस्तरीय छानबिन कमिटी बनाएको छ। प्रहरीले सत्संगका आयोजकविरूद्ध एफआइआर दर्ता गरेको छ। ८० हजार सहभागी हुन अनुमति लिएको उक्‍त सत्संगमा साढे दुई लाख भक्तजन सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चीन र रुसबीच संयुक्त सैन्य अभ्यास शुरू

नाइजेरियामा विद्यालय भत्किँदा आठ जनाको मृत्यु, दर्जनौँ घाइते

नेटो सदस्य देशहरु युक्रेनलाई सदस्यता र सैन्य सहयोग दिन प्रतिबद्ध

२०२४ का निर्वाचन- विश्वभर सत्ता हल्लाउने मतपरिणाम

चीन र बंगलादेशबीच २१ सम्झौता

ट्रम्पले बाइडेनलाई दिए गल्फ खेल्ने चुनौती

भारतको उत्तर प्रदेश उनावोमा भएको सवारी दुर्घटनामा १८ जनाको मृत्यु

युद्ध अन्त्य गर्न भारतको आग्रह

फ्रान्समा बामपन्थीको जितपछि अब के हुन्छ ?

गाजा युद्धविराम प्रयासमा सिआइए प्रमुख र इजिप्टका राष्ट्रपति सिसीबीच भेट

नवनिर्वाचित फ्रान्सेली सांसदहरू आगामी सरकार कसले बनाउने भन्ने वार्तामा प्रवेश

रुसी सेनामा कार्यरत भारतीयको फिर्ता सुनिश्चित गर्न भारत र रुसबीच छलफल