सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अस्ट्रेलिया सरकारले विदेशी विद्यार्थीले तिर्नुपर्ने भिसा शुल्कमा अत्यधिक वृद्धि

२०८१ असार १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अस्ट्रेलिया सरकारले विदेशी विद्यार्थीले तिर्नुपर्ने भिसा शुल्कमा अत्यधिक वृद्धि गरेको छ ।

१ जुलाईबाटै कार्यान्वयनमा आएको भिसा शुल्कअनुसार अब विदेशी विद्यार्थीले १६०० डलर झण्डै १ लाख ४३ हजार रुपैयाँ तिर्नु पर्नेछ । यसअघि ७१० अष्ट्रेलियन डलर (६३ हजार ३२४) रुपैयाँ रहेको थियो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजको सरकारले हालै विदेशी विद्यार्थीको संख्यामा कीर्तिमानी वृद्धि भएपछि यो कदम चालेका हुन् । अब यसको असर नेपाली विद्यार्थीमा पनि पर्ने छ ।

गत वर्ष नेपालबाट १ लाख बढी विद्यार्थीले गत वर्ष नो अब्जेक्सन लेटर लिएकोमा ५० प्रतिशत बढी अष्ट्रेलिया पुगेका छन् । यो संख्या यस वर्ष पनि थप बढ्ने भएकाले करोडौं रकम नेपाली विद्यार्थीले अष्ट्रेलिया अध्ययनमा जानका लागि भिसा प्राप्त गर्नका लागि खर्च गर्ने छन् ।

अस्ट्रेलियाका शीर्ष अनुसन्धान विश्वविद्यालय (द युनिभर्सिटी अफ सिड्नी र द युनिभर्सिटी अफ मेलबर्न लगायत) को प्रतिनिधित्व गर्ने समूह अफ एटले सरकारको यो निर्णयप्रति निराशा व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नयाँ शिक्षा ऐन निर्माण प्राथमिकतामाः शिक्षामन्त्री भट्टराई

हजुरआमाहरुको पढ्ने हुटहुटीः “पढाइ बुझेपछि छोड्नै मन छैन”

भोलिका लागि तय भएको त्रिभुवन विश्वविद्यालयको सभा स्थगित

कर्णालीका १० जिल्लामा धमाधम निर्माण हुँदै विद्यालयका भौतिक संरचना

स्नातक तह बिआईसिटिईमा नयाँ भर्नाका लागि आवेदन माग

त्रिभुवन विश्वविद्यालयमा स्मृति कोष निर्माण

साल्पासिलिछोद्वारा नि:शुल्क प्राविधिक शिक्षा

संस्कृत विश्वविद्यालयका रजिष्ट्रार अधिकारीको जिम्मेवारी खोसियो

‘मेयर छात्रवृत्ति’ वितरण

सयभन्दा कम विद्यार्थी भएका सरकारी विद्यालय बढी

बालीविज्ञान पढ्ने विद्यार्थी खोज्दै विद्यालय

एसइई सकेका विद्यार्थीलाई सुझाव : ‘आफूभित्रको क्षमता पत्ता लगाउनुस्’