सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

केन्यामा कर वृद्धि विरोधी प्रदर्शन: ३९ को मृत्यु, ३६१ घाइते

२०८१ असार १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर वृद्धि सम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा ३९ जनाको ज्यान गएको अल जजिराले जनाएको छ।

केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसीएचआर) ले सोमबार मृतकको सङ्ख्या घोषणा गरेको हो। केएनसीएचआर रेकर्डले ‘देशव्यापी विरोध प्रदर्शनको सम्बन्धमा’ ३९ जनाको मृत्यु र ३६१ जना घाइते भएको सङ्केत गरेको छ। यो तथ्याङ्कले जुन १८ देखि जुलाई १ सम्मको अवधिलाई समेटेको आयोगको विज्ञप्तीले जनाएको छ।

अधिकांश युवा प्रदर्शनकारीहरूको नेतृत्वमा आयोजित शान्तिपूर्ण कर–विरोधी र्याली गत हप्ता संसदले विवादास्पद कानून पारित गरेपछि हिंसात्मकमा परिणत भएको थियो।

राष्ट्रपति विलियम रुटोले आइतबार टेलिभिजन अन्तर्वार्तामा विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको बताएका थिए। उनले उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको र मृत्युबारे अनुसन्धान गर्ने वाचा गरे।

‘केएनसीएचआरले प्रदर्शनकारी, चिकित्सा कर्मी, वकिल, पत्रकारहरुमाथि चर्च, चिकित्सा आपतकालीन केन्द्र र एम्बुलेन्स जस्ता सुरक्षित स्थानहरूमा गरिएको अनावश्यक हिंसा र बल प्रयोगको कडा निन्दा गर्दछ। प्रदर्शनकारीहरू विरुद्ध अत्यधिक र असमान बल प्रयोग गरिएको थियो भन्ने हाम्रो धारणा छ।’, आयोगले जनाएको छ।

आयोगले संसद र अन्य सरकारी भवनमा केही प्रदर्शनकारीहरूले प्रदर्शन गरेको हिंसात्मक र स्तब्ध पार्ने अराजकताका कार्यको पनि कडा निन्दा गरेको छ। राष्ट्रपति रूटोले कर वृद्धि सम्बन्धी विधेयकमा कानूनमा हस्ताक्षर नगर्ने घोषणा गरेतापनि मङ्गलबारदेखि कार्यकर्ताहरूले नयाँ विरोध प्रदर्शनको आह्वान गरेका छन्।

प्रदर्शनकारीहरुले सामाजिक सञ्जालमार्फत राष्ट्रपति रुटोको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्। अन्नपुर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना केबलकार ५० दिन बन्द

वैदेशिक रोजगार व्यवसायी कम्पनीको नवीकरण अन्योल

छैन पहिरो रोक्ने दीर्घकालीन योजना

प्रधानमन्त्रीमा केपी शर्मा तीन वर्षपछि कमब्याक

देशभर बयालिस प्रतिशत रोपाइँ

रात्रिकालीन सवारी नचलाउने निर्णय

चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को–को हुँदै छन् मन्त्री ?

को बन्दैछ बाग्मतीमा मुख्यमन्त्री ?

दुई दशकपछि शैक्षिक पात्रो लागु गर्दै त्रिवि

चौथो पटक प्रधानमन्त्री बन्दै ओली, मन्त्री छान्न गठबन्धनको गृहकार्य

१४ बुँदे माग राखी २२ दिनदेखि आन्दोलन

सिमलतालमा भक्कानिरहेछन् बेपत्ताका आफन्त