सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रियसभामा विनियोजन विधेयकमाथि छलफल

२०८१ असार १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रियसभामा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमध्ये विभिन्न सात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल भएको छ ।

बैठकमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र अर्थ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल भएको हो ।

छलफलमा भाग लिँदै सांसद कमला पन्तले कुनै पनि व्यक्तिलाई रोग लाग्नै नदिनेतर्फ सरकार संवेदनशील हुन नसकेको टिप्पणी गर्नुभयो । साथै उहाँले बीमा कार्यक्रम गाउँगाउँमा पु¥याउनुपर्ने, महिला स्वास्थ्य स्वयंसेवकको सम्मान हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद नरबहादुर विष्टले सरकारले ल्याएको बजेटमा मन्त्रीको निर्वाचन क्षेत्रमा बढी रकम विनियोजन हुने गरेको बताउँदै जनतामा खानेपानीको पहुँचमा पुर्याउन आवश्यक योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद नारायणदत्त मिश्रले सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमलाई पब्लिक प्राइभेट पार्टनरसिपमा लैजान जरुरी रहको उल्लेख गर्नुभयो ।

सांसद तुलसाकुमारी दाहालले जलवायु परिवर्तनका कारण नेपाली जनताले भोग्नुपरेको जोखिम र प्राकृतिक विपद्को सम्बन्धमा अति विकसित राष्ट्रले प्राप्त गर्ने सुविधा र सहयोगको सम्बन्धमा लिनुपर्ने पहलकदमीलाई गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले स्वास्थ्य स्वंयसेविकालाई उपदान दिने रकम पुरस्कृत गर्ने योजना ल्याउन सरकार समक्ष आग्रह गर्नुभयो । बैठकमा सांसदहरु पूजा चौधरी, श्रीकृष्णप्रसाद अधिकारी, दुर्गाकुमारी गुरुङ, सोनामगेल्जेन शेर्पा, गोपाल भट्टराई, विष्णुकुमारी सापकोटालगायतले विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै आ–आफ्ना धारणा व्यक्त गर्नुभयो ।

बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकारमा गएर गरेका कामप्रति हामि आफै सन्तुष्ट छैनौं- रवि लामिछाने

अब प्रचण्डको उथलपुथलले काम गर्दैन- योगेश भट्टराई

राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेका हौँ- रमेश लेखक

मेरो विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो- प्रधानमन्त्री

क्षेत्रीय विद्युत व्यापारमा ढोका खुलेको छ- प्रधानमन्त्री

देश आर्थिक सङ्कटको डिलबाट बाहिर आएको छ- प्रधानमन्त्री

मन्त्रीहरुको उपस्थिति नभएपछि संसदको बैठक स्थगित

राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

‘योग्यतासँगै सीप विकास गर्नुपर्छ’

बाढीपहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभाको बैठक आज बस्दै