सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

फ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु

२०८१ असार १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फ्रान्सको राजधानी पेरिसमा आइतबार एउटा निजी जेट बिजुलीको तारसँग ठोक्किएको छ ।

त्यसमा सवार तीन जनाको मृत्यु भएको थियो । ब्रिटिश मिडिया हाउस मेट्रोका अनुसार घटना स्थानीय समय अनुसार अपराह्न ४ बजे भएको हो । मृत्यु हुनेमा एक महिला पनि छन् ।

प्रहरीका अनुसार यो घटना राष्ट्रिय राजमार्ग ए ४ मा भएको थियो र विमान दुर्घटना हुनुभन्दा आधा घण्टा अगाडि उडेको थियो । विमानको मोडल सेस्ना १७२ हो । जेटको माथिल्लो भाग पावर केबलमा ठोक्कियो, जुन उच्च भोल्टेजको विद्युतीय केबल थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।

राजमार्ग दुवैतर्फबाट बन्द भएको र उद्धार टोलीले घटनास्थलमा उद्धार कार्य गरेको प्रहरीले जनाएको छ । विमान उडाउने पाइलटले गत वर्ष मात्रै लाइसेन्स पाएका थिए । पाइलटसँग सय घण्टा जेट उडानको अनुभव थियो ।

अधिकारीहरूले राष्ट्रिय राजमार्गमा जेट उडेको बारेमा प्रश्न उठाएका थिए। उड्डयन मन्त्रालयले यस विषयमा अनुसन्धान थालेको छ ।  ए ४ राष्ट्रिय राजमार्गमा यो वर्ष अहिलेसम्म दुईवटा निजी विमान दुर्घटनामा परेको स्थानीयले बताएका छन् । यसअघि पनि स्थानीय अधिकारीले यहाँबाट विमान उड्ने विषयमा प्रश्न उठाएका थिए ।

बिदाको दिन भएकाले राजमार्गमा सवारीसाधनको चाप बढी रहेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चीन र रुसबीच संयुक्त सैन्य अभ्यास शुरू

नाइजेरियामा विद्यालय भत्किँदा आठ जनाको मृत्यु, दर्जनौँ घाइते

नेटो सदस्य देशहरु युक्रेनलाई सदस्यता र सैन्य सहयोग दिन प्रतिबद्ध

२०२४ का निर्वाचन- विश्वभर सत्ता हल्लाउने मतपरिणाम

चीन र बंगलादेशबीच २१ सम्झौता

ट्रम्पले बाइडेनलाई दिए गल्फ खेल्ने चुनौती

भारतको उत्तर प्रदेश उनावोमा भएको सवारी दुर्घटनामा १८ जनाको मृत्यु

युद्ध अन्त्य गर्न भारतको आग्रह

फ्रान्समा बामपन्थीको जितपछि अब के हुन्छ ?

गाजा युद्धविराम प्रयासमा सिआइए प्रमुख र इजिप्टका राष्ट्रपति सिसीबीच भेट

नवनिर्वाचित फ्रान्सेली सांसदहरू आगामी सरकार कसले बनाउने भन्ने वार्तामा प्रवेश

रुसी सेनामा कार्यरत भारतीयको फिर्ता सुनिश्चित गर्न भारत र रुसबीच छलफल