सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दिवा खाजा चेपाङ बालबालिकाका लागि बरदान

२०८१ असार १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बिहानै घरमा भरेर गएको पेट दिउँसो एक बजे, दुई बजेबाट खालि हुँदै गएपछि प्रजाबस्ती आधारभूत विद्यालयका विष्णु चेपाङलाई पढाइतिर भन्दा भोकतिर ध्यान जान्थ्यो। पढाइ लेखाइको रापभन्दा खालि पेटको तापले तनाव दिन्थ्यो।

‘खाजा खान नपाएको भए हाम्रो ध्यान भोकतिर जान्थ्यो’, उनले भने, ‘पेटभरि खाजा पाएपछि ध्यान पढाइतिर जान्छ। खाजाले गर्दा स्कूल पनि धेरै आउँछन्।’ विष्णुको मात्र होइन, यो अवस्था प्रजाबस्ती आधारभूत विद्यालयमा पढ्ने १२५ जना सबैको मनोविज्ञान हो  । तर जब सरकार र सामाजिक संघसंस्थाले स्कुलमै पेटभरि खाजा खुलाउन सुरु गरे, तब त्यहाँँका विद्यार्थीको तनाव समाप्त भयो। चेपाङलाई अर्को शब्दमा प्रजा पनि भन्ने गरिन्छ। त्यसैले करिब तीन सय घरधुरी प्रजा(चेपाङ)को बस्तीमा खुलेको यस विद्यालयको प्रजाबस्ती आधारभूत विद्यालय भनेर नाम राखियो।

‘यहाँ अहिले कक्षा आठसम्म सञ्चालित छ’, शिक्षक यानमाया चेपाङ भन्छिन्, ‘यस विद्यालयमा अहिले करिब १ सय २५ जना विद्यार्थी पढ्छन्। सबै विद्यार्थी चेपाङ समुदायकै हो।’ घरमा पेटभरि खान नपाउँदा यहाँका चेपाङ बालबालिका दिउँसो भोकको राँकोले जलेको देखेपछि चेपाल चेपाङ संघले यहाँका सबै बालबालिकालाई दिवा खाजाको प्रवन्ध गरेको उनको भनाइ छ।

‘यहाँको बालबालिकाको अवस्था देखेपछि चेपाङ संघले २०७२ सालभन्दा अघिदेखि खाजाको व्यवस्था गरिदियो’, शिक्षक चेपाङ भन्छिन्, ‘२०७२ सालपछि यहाँ अर्को एक सामाजिक संस्था करुणा फाउन्डेसन आयो। त्यसले चेपाङ संघसँग हातेमालो ग¥यो र यहाँ दुइटा विद्यालय भवन बनाइदियो। खाजा कार्यक्रममा पनि साथ दियो।’ साथै यहाँका महिलालाई सिलाइबुनाइ तालिम दिएर उनीहरूले बनाएको झोला तथा अन्य सामग्री विदेश पठाउने व्यवस्था मिलाइदिएको उनको भनाइ छ।

विगत तीन वर्षदेखि कक्षा १ देखि पाँचसम्मका बालबालिकालाई खाजाको व्यवस्था गाउँपालिकाले नै गर्न थालेको छ। कक्षा ६, ७ र ८ का लागि करुणामय फाउन्डेसनले व्यवस्था गरेको उनले बताइन्। खाजा कार्यक्रम चेपाङ बालबालिकाका लागि धेरै नै प्रभावकारी भएको छ। गरिबीले ग्रस्त चेपाङ बालबालिका घरमा काम चलाउ मात्र खाएर स्कूलमा पेटभरि खाजा पाउने आशामा नियमित आउने शिक्षक ज्ञानेन्द्र सुनार बताउँछन्। खाजा कार्यक्रम गरिब, विपन्न चेपाङ समुदायका बालबालिकाका लागि बरदान सावित भएको उनको भनाइ छ। अन्नपुर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एघार वडामा ठुला पूर्वाधार निर्माण

प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त ओलीद्वारा दाबी पेस

निजी खर्चमा विद्यालयमा क्लिनिक

१७ महिनापछि प्रचण्ड सत्ताबाहिर

अर्थले रकम निकासा नगर्दा निर्माण व्यवसायीको बिचल्ली

ग्यासमा दुुई थरी मूल्य कायम गर्ने तयारी

राप्रपा संसदीय दलको बैठक आज बस्दै, प्रधानमन्त्रीले लिने विश्वासको मतबारे निर्णय हुने

शोधनान्तर स्थिति चार खर्ब पच्चिस अर्बले बचत

मेलम्चीको पानी बाह्रै महिना ल्याउने उपाय सुझाउन निर्देशन

समाजवादी मोर्चाको मोर्चाबन्दी सुरु

७८ वर्षपछि सर्वाधिक वर्षा

प्रथम नागरिकको सम्मानमा सङ्ग्रहालय