सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नलिञ्चोक हेलिपोर्ट उडान–अवतरणमा समस्या

२०८१ असार १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः निजी क्षेत्रका हेलिकोप्टर कम्पनीका पाइलटले हवाई सुरक्षा जोखिमको कारण देखाउँदै अहिलेकै अवस्थामा नलिञ्चोक हेलिपोर्टमा उडान–अवतरण गर्न नसकिने जनाएका छन् ।

एक साताअघि सञ्चालनमा आएको भक्तपुर सूर्यविनायक नगरपालिका–१०, नलिञ्चोकस्थित हेलिपोर्टमा हवाई सुरक्षासम्बन्धी कारण देखाउँदै आइतबार ४७ जना हेलिकोप्टर पाइलटले संयुक्त रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराएका हुन् ।

प्राधिकरण स्रोतका अनुसार हेलिकोप्टर पाइलटहरूले हेलिपोर्टको भौगोलिक अवस्थिति, वरपर रहेको बाक्लो बस्ती, पूर्वाधारको पूर्ण तयारी नभएको लगायतका कारण देखाउँदै अहिलेकै अवस्थामा उडान भर्न नसकिने भन्दै प्राधिकरणमा सामूहिक निवदेन दर्ता गराएका हुन् ।

प्राधिकरणका एक अधिकारीले भन्नुभयो, “पछिल्लो १० दिनको कार्य अनुभवका आधारमा पाइटलहरूले तत्काल सुधार गर्नुपर्ने सुझावसहित प्राधिकरणमा निवेदन दर्ता गराएका छन् । निवेदनमा हेलिपोर्टनजिकै ठुला घर रहेको, घना बस्तीको बिचमा उडान अवतरण गर्न समस्या रहेको, हेलिप्याडनजिकै सुरक्षा पर्खाल रहेको लगायतका गुनासा छन् ।” एक सातादेखि नलिञ्चोकबाट व्यावसायिक उडान सञ्चालन भइरहे पनि त्यहाँ हवाई इन्धनको सुविधा, अग्नि नियन्त्रणसम्बन्धी उपकरण, कार्गाे, यात्रु चेकजाँच गर्ने स्क्यानर मेसिन छैन । हाल हेलिकोप्टर कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जर्किनमा लगेर इन्धन भर्दै आएका छन् ।

प्राधिकरणले भने पोखरालगायतका विमानस्थलमा समेत हवाई इन्धन डिपो सञ्चालनमा नरहेकाले नेपाल आयल निगमसँगको सहमति अनुसार दैनिक एक ट्याङ्कर इन्धन नलिञ्चोकमा उपलब्ध गराउने तयारी भइरहेको जनाएको छ । करिब ३३ रोपनी क्षेत्रफलमा बनेको उक्त हेलिपोर्ट आर्थिक वर्ष २०७९/८० को साउन १ गते निर्माण सुरु गरेर गत मङ्सिर २६ गते परीक्षण उडान गरिएको थियो । १७ वटा हेलिकोप्टर पार्किङ क्षमताको यस हेलिपोर्टमा एकै पटक चार वटा हेलिकोप्टरले उडान अवतरण गर्न सक्ने प्राधिकरणले जनाएको छ । गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना केबलकार ५० दिन बन्द

वैदेशिक रोजगार व्यवसायी कम्पनीको नवीकरण अन्योल

छैन पहिरो रोक्ने दीर्घकालीन योजना

प्रधानमन्त्रीमा केपी शर्मा तीन वर्षपछि कमब्याक

देशभर बयालिस प्रतिशत रोपाइँ

रात्रिकालीन सवारी नचलाउने निर्णय

चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को–को हुँदै छन् मन्त्री ?

को बन्दैछ बाग्मतीमा मुख्यमन्त्री ?

दुई दशकपछि शैक्षिक पात्रो लागु गर्दै त्रिवि

चौथो पटक प्रधानमन्त्री बन्दै ओली, मन्त्री छान्न गठबन्धनको गृहकार्य

१४ बुँदे माग राखी २२ दिनदेखि आन्दोलन

सिमलतालमा भक्कानिरहेछन् बेपत्ताका आफन्त