सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लागुऔषधसहित झापा र सुनसरीबाट ४ जना पक्राउ

२०८१ असार १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार भद्रपुर नगरपालिका-३ स्थितमा प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे.३ प ५३० नम्बरको मोटरसाईकलको टुल बक्स भित्र २ ग्राम ब्राउन सुगर बरामद भएसंगै मोटरसाईकलमा सवार रहेका भद्रपुर-९ का ३० बर्षीय युनिक निरौला र भद्रपुर-५ का १८ बर्षीय बिनोद दास समेतलाई पक्राउ गरेको हो।

यस्तै, झापा गाउँपालिका-५ स्थितमा चेकजाँचको क्रममा बीआर ३७ एच ९५५५ नम्बरको मोटरसाईकल चालक भारत बिहार किसनगंजका ३२ बर्षीय तनविर आलमलाई ५ ग्राम ४८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ ।

यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-५ का ३४ बर्षीय मान बहादुर राईलाई निषेधित औषधी ट्रामाडोल १३५ क्याप्सुल सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । राजधानी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना केबलकार ५० दिन बन्द

वैदेशिक रोजगार व्यवसायी कम्पनीको नवीकरण अन्योल

छैन पहिरो रोक्ने दीर्घकालीन योजना

प्रधानमन्त्रीमा केपी शर्मा तीन वर्षपछि कमब्याक

देशभर बयालिस प्रतिशत रोपाइँ

रात्रिकालीन सवारी नचलाउने निर्णय

चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को–को हुँदै छन् मन्त्री ?

को बन्दैछ बाग्मतीमा मुख्यमन्त्री ?

दुई दशकपछि शैक्षिक पात्रो लागु गर्दै त्रिवि

चौथो पटक प्रधानमन्त्री बन्दै ओली, मन्त्री छान्न गठबन्धनको गृहकार्य

१४ बुँदे माग राखी २२ दिनदेखि आन्दोलन

सिमलतालमा भक्कानिरहेछन् बेपत्ताका आफन्त