सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अख्तियारद्वारा भ्रष्टाचार मुद्दामा बयानको प्रतिकूल हुने गरी बकपत्र गर्नेविरुद्ध मुद्दा दायर

२०८१ असार १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः भ्रष्टाचार मुद्दामा सरकारी साक्षीको रूपमा बयानको प्रतिकूल हुने गरी बकपत्र गर्ने एक जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके डुडुवा गाउँपालिका वडा नम्बर ६ घर भएका मकरध्वज पाण्डेविरुद्ध मुद्दा दर्ता गरेको हो ।

पाण्डेलाई आयोगबाट विशेष अदालत काठमाडौँमा दर्ता भएको मुद्दा नं.०८०-सिआर-०१२६ नेपालगन्ज सव-डिभिजन वन कार्यालय राँझाका तत्कालीन सहायक वन अधिकृत नारायण पार्धेले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रूपमा पेस गरिएको थियो । तर, उनले आयोगमा गरेको बयानको प्रतिकूल हुने गरी बकपत्र गरेका थिए ।

पाण्डेले विशेष अदालतसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयान ब्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा सात हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय गरी घुस रिसवत रकम जफत हुन मागदावी लिई आज विशेष अदालतमा आरोप-पत्र दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नापी कार्यालय लगनखेलका सर्भेक्षक ४ लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा

हनी ट्रयापमा फसाई १ करोड असुल गर्ने २ जना पक्राउ

मानव बेचविखन अपराधमा संलग्न धादिङका ५ जना कसुरदारलाई कैद र जरिवानाको फैसला

‘क्यास एप’मार्फत कारोबार गर्ने गिरोह पक्राउ

यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने चालक ट्राफिक नियन्त्रणमा

ठगी गरी आपराधिक लाभ लिने कार्यमा संलग्न व्यक्ति पक्राउ

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी पत्नीको नक्कली शैक्षिक प्रमाणपत्र, दोषी ठहर

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ