सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सत्ती भन्सारद्वारा नौ करोड राजश्व सङ्कलन

२०८१ असार १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ को ११ महिनामा रु नौ करोड ८० लाख ७८ हजार राजश्व सङ्कलन गरेको छ ।

सत्ती भन्सार कार्यालयले चालु आवमा रु १२ करोड एक लाख ४७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।  अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुश्कील हुने देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष राजश्व बढ्ने सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले बताउनुभयो ।

गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले रु १६ करोड ९४ लाख ४१ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर सो आवमा रु सात करोड ५० लाख ४० हजार मात्र राजश्व सङ्कलन भएको प्रमुख सापकोटाले बताउनुभयो । “यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौैँ”, उहाँले भन्नुभयो ।

सत्ती भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कवाफत रु ६४ हजार, बेरुजुबाट रु एक लाख, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ रु ४१ हजार, अन्तःशुल्क आयातमा रु २३ लाख ११ हजार,  भन्सार महशुल आयातमा रु पाँच करोड एक लाख, कृषि सुधार शुल्कमा रु एक लाख आठ हजार,  भन्सार सम्बन्धी अन्य आयमा रु ६ लाख ३९ हजार, मुल्य अभिवृद्धि कर आयातमा रु चार करोड ४६  लाख ९७ हजार तथा हरित करबाट रु चार हजार राजश्व सङ्कलनभएको प्रमुख सापकोटाले बताउनुभयो ।

सत्ती भन्सार भएर आयातको तुलनामा निर्यात शून्य रहेको छ । यस बाहेक जिल्लामा धनगढीस्थित त्रिनगर भन्सार कार्यालय रहेको छ । सो भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तेकुनियाँ भएर आयात गरिँदै आएको छ । खुला सीमाका कारण राजश्व सङ्कलनमा समस्या भएको प्रमुख सापकोटाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आयल निगमले बढायो इन्धनको मुल्य

रुपन्देहीमा विकास बजेट ३६ प्रतिशत मात्रै खर्च

पर्यटन नीतिलाई समयानुकूल बनाउँछुः पर्यटनमन्त्री पाण्डे

दोहोरो अंकले घट्यो नेप्से

नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन : अर्थमन्त्री पौडेल

साउनको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

मधेस प्रदेश सरकारको बजेट खर्च ५६ प्रतिशत

भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति

सुनचाँदीको मुल्य कति पुग्यो ?

दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान

यस्तो छ आजको लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर