सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विराट कोहलीले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

२०८१ असार १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शनिबार टी–२० विश्वकप २०२४ को उपाधि जिते लगत्तै उनले सन्यास लिने घोषणा गरेका हुन् ।

खेलपछिको पत्रकार सम्मेलनमा उनले भने ‘यो सन्यास लिने सही समय हो। अब नयाँ पुस्ताले यो विरासतलाई अगाडि बढाउने समय आएको छ । यो भारतका लागि मेरो अन्तिम टी–२० विश्वकप खेल थियो।’

फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले उपाधि जित्दा काेहली प्लेयर अफ दी म्याच घोषित भए । उनले दक्षिण अफ्रिकाविरुद्ध सर्वाधिक ७६ रन बनाएका थिए । ५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका थिए।

भारतका लागि १ सय २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका कोहलीले ४ हजार १ सय ८८ रन जोडेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अल्काराज विम्बल्डन पुरुष सिंगलको फाइनलमा

कोलम्बियाका फ्यानलाई कुटेको आरोपमा उरुग्वेका खेलाडीमाथि अनुसन्धान शुरु

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशलाई

भक्तपुरमा चारदिने खेलकुद सप्ताह सुरु

एम्बाप्पेलाई रियल म्याड्रिडले जुलाई १६ मा प्रस्तुत गर्ने

उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

परिषदले खेलाडीलाई विभिन्न सुविधासहितको परिचय पत्र प्रदान

टी-२० विश्वकप जिताएका द्रविडले बोर्डबाट अतिरिक्त बोनस नलिने

इंग्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा, स्पेनसँग भिड्ने

जिम्बाबेविरुद्ध भारतको लगातार दोस्रो जित

कोपा सेमिफाइनलमा भोली बिहान उरुग्वे र कोलम्बिया भिड्दै

युरोकपको सेमिफाइनलमा आज नेदरल्याण्डस र ईङल्याण्ड भिड्दै