सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भन्सार छलीको सामानसहित धनगढीबाट दुई जना पक्राउ

२०८१ असार १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी, असार १५ गते। कैलाली प्रहरीले भन्सार छलीको सामानसहित धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ३१ वर्षीय हरि बुढा र धनगढी उपमहानगरपालिका–९ की ४० वर्षीया सरस्वती विक रहेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटेको प्रहरी टोलीले उनीहरुलाई धनगढी उपमहानगरपालिका–१ नवदुर्गा मन्दिर नजिकबाट नियन्त्रणमा लिएको हो।

बुढाले चलाएको सु.प.प्र. ०१–००१ ज १२७९ नम्बरको म्याजिक गाडीलाई शंका लागि चेकजाँच गर्दा १० लाख ७२ हजार रुपियाँ बराबरको भन्सार छलीको विभिन्न सामान बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नापी कार्यालय लगनखेलका सर्भेक्षक ४ लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा

हनी ट्रयापमा फसाई १ करोड असुल गर्ने २ जना पक्राउ

मानव बेचविखन अपराधमा संलग्न धादिङका ५ जना कसुरदारलाई कैद र जरिवानाको फैसला

‘क्यास एप’मार्फत कारोबार गर्ने गिरोह पक्राउ

यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने चालक ट्राफिक नियन्त्रणमा

ठगी गरी आपराधिक लाभ लिने कार्यमा संलग्न व्यक्ति पक्राउ

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी पत्नीको नक्कली शैक्षिक प्रमाणपत्र, दोषी ठहर

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ