सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउनदेखि अनलाइन अनिवार्य हुने- परराष्ट्रमन्त्री श्रेष्ठ

२०८१ असार १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउन १ गते देखि पूर्णरुपमा अनलाइन मार्फत हुने भएको छ ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रवार साँझ विदेश स्थित नेपाली नियोगका प्रमुखहरू तथा कर्मचारीहरु का लागि आयोजित अभिमुखीकरण कार्यक्रममा निर्देशन दिँदै उक्त व्यवस्था बारे स्पष्ट पारेका हुन् ।

नयाँ व्यवस्था अनुसार रोजगारदाता कम्पनीले नेपालवाट कामदार लैजाने नियोगसमक्ष पेश गरेको आवश्यक कागजातहरु साउन १ गते देखि अनलाइन मार्फत प्रमाणीकरण हुने भएकोले सेवाप्रवाह समयानुकुल एबं चुस्त हुने भएको छ ।

सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आवद्ध गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो ।

खाड़ी मुलुक एवं मलेसिया लगाएत नेपाली कामदार माग हुने अन्य देशहरूमा रहेका नेपाली राजदुतावासहरु ले साउन १ गते देखि मागपत्र प्रमाणीकरण अनिवार्यरुपमा अनलाइन मार्फत गर्नु पर्ने बताउँदै परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने सरकारको नीति अन्तर्गत यो व्यवस्था लागू गरिएको हो । अनिवार्य रूपमा लागू गर्न अघिनै नयाँ प्रणालीसँग अभ्यस्त हुनुका लागि आजैबाट परीक्षण सुरु गर्दा हुन्छ ।’

परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपाली नागरिकहरुको खोजतलाश / उद्दार, मृतको शव झिकाउने, राहत / क्षतिपूर्ति, गुनासो सम्बोधन लगायतका अनलाइन  सेवालाई सबै नियोगहरु ले अनिवार्य रूपमा प्रयोगमा ल्याउने व्यवस्था गर्न पनि निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकारको प्राथमिकता राजनीतिक स्थिरता र सुशासन कायम गर्नु हो: गृहमन्त्री लेखक

प्रधानमन्त्री ओलीद्वारा शीर्ष नेताको तस्बिरमा माल्यार्पण

परराष्ट्रमन्त्री बनिन् आरजु देउवा

आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य छ : राष्ट्रियसभा अध्यक्ष

एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

पूर्वराष्ट्रपतिसँग ओलीको भेटघाट

चार महिने कार्यकालमा आशा जगाउने काम गरे- अर्थमन्त्री पुन

गृहसचिव र महानिरीक्षकले गरे सिमलताल क्षेत्रको स्थलगत अवलोकन

मधेशको बजेट छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय

हराएर फेला परेका २१ दुईपाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

प्रधानमन्त्रीद्वारा बस दुर्घटनामा बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन निर्देशन