सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

श्रम संस्कृतिलाई उपेक्षा नगर्न पर्यटनमन्त्रीको आग्रह

२०८१ असार १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले श्रम संस्कृतिलाई उपेक्षा नगरी प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।

संस्कृतिसम्बन्धी मस्यौदाको सुझाव सङ्कलनका लागि मन्त्रालयको संस्कृति महाशाखाले आज आयोजना गरेको अन्तरक्रियामा मन्त्री तामाङले श्रम संस्कृतिलाई उपेक्षा गर्ने विगतको संस्कृति नीति गलत भएको बताउनुभएको हो । उहाँले श्रम संस्कृतिलाई बढावा दिने खालको नीति लिनुपर्ने खाँचो औँल्याउनुभयो । समाजवाद र आधुनिकतामा आधारित संस्कृति अपनाउनुपर्ने उहाँको धारणा थियो ।

संस्कृति महाशाखाका प्रमुख डा सुरेश सुरस श्रेष्ठले संस्कृति नीतिसम्बन्धी छलफलको अन्तिम चरण भएकाले लिखत वा मौखिक रायसुझव पेस गर्न आग्रह गर्नुभएको थियो ।

संस्कृति नीति २०८१ को मस्यौदामाथिको छलफलमा सहभागी सरोकारवालाहरुले उत्पादनलाई सस्कृतिसँग जोडेर नीतिमा ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । उत्पादन हराएमा नेपालको संस्कृतिसमेत नबच्ने भन्दै उनीहरुले नीतिमा नै यसलाई समावेश गरी सांस्कृतिकदूत राख्ने व्यवस्था मस्यौदामा थप्न सुझाव दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

असार २९ गते शनिवारको वैदिक राशिफल तपाईको दिन शुभ रहोस् ।

यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमय दर

राष्ट्रियसभाका सांसदको विज्ञप्तिप्रति अर्थमन्त्रीको ध्यानाकर्षण

२९ अंकले बढ्यो नेप्से

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

कास्कीमा अनुदानकै बजेट खर्च भएन

‘मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने’

११ महिनामा १३ खर्ब २७ अर्ब रेमिट्यान्स भित्रियो

पर्यटक लोभ्याउदै महोत्तरीको पोखरी

नेप्से परिसूचक २३ दशमलव २५ अङ्कले बढ्यो

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

विदेशी मुद्राको विनिमयदर सार्वजनिक