सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रास्वपाले महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण

२०८१ असार १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले पार्टी महामन्त्री मुकुल ढकाललाई स्पष्टीकररण सोधेको छ । महामन्त्री ढकालले पेश गरेको प्रतिवेदन मिडियामा सार्बजनिक गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो ।

महामन्त्री ढकालले देशका ३८ जिल्ला घुमेर १ महिना लामो समीक्षा यात्रापछि बुधबार ३२ पेजको प्रतिवेदन पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएका थिए ।

ढकालले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउनु अघि नै मिडियामा प्रचारबाजी गरेको भन्दै पार्टी भित्र व्यापक विरोध भइरहेको छ ।

उनले प्रतिवेदनमा रास्वपाले बेलैमा कठोर निर्णय नलिएमा केही समयमा नै पार्टी विवेकशीको हालतमा पुग्ने, तत्काल सरकारबाट हट्नुपर्ने, एमाले माओवादीसँगको साँठगाँठ त्यागेर काठमाडौंका मेयर बालेन हाल र धनगडीका मेयर गोपी हमालसँग मिल्नुपर्ने सुझाव दिएका थिए ।

आयोगले महामन्त्री ढकाललाई शुक्रबार स्पष्टीकरण पत्र दिइएको बताइएको छ ।

तर महामन्त्री ढकालले आफुलाई सभापतिले अहिलेसम्म स्पष्टीकरण नसोधेको बताएका छन् । उनले भनेका छन्-‘मलाई अहिलेसम्म पार्टी सभापतिले स्पष्टीकरण सोध्नुभएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओली सरकारको पहिलो मन्त्रिपरिषदले के के निर्णय गर्यो ?

नवनियुक्त मन्त्रीहरुद्वारा बिपीको सालिकमा माल्यार्पण

उपप्रधानमन्त्री सिंहद्वारा पदभार ग्रहण

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिनुहुने

फेरी मन्त्री बने शरतसिंह भण्डारी

तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाए- प्रचण्ड

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

माधव नेपाल प्रधानमन्त्रीको शपथ समारोहमा अनुपस्थित

प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री

मोदीले दिए प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना

प्रधानमन्त्री ओलीसहित दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ

काँग्रेसबाट को को बन्दै छन् मन्त्री ?