सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मदन भण्डारी र गणेशमान नेतृत्व आन्दोलनले पञ्चायत ढल्योः उपमहासचिव ज्ञवाली

२०८१ असार १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले तत्कालीन एमाले महासचिव स्वं मदन भण्डारी र नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको २०४६ सालको जनआन्दोलनले पञ्चायत ढलेको स्मरण गर्नुभएको छ ।

मध्यपुरथिमिमा आज राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार अलाइन्स) ले स्वं मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको मानव अधिकार र बहुदलीय जनवाद विषयक अन्तरसम्वादमा उहाँले मदन भण्डारीको देशप्रतिको योगदान असाध्यै फराकिलो रहेको चर्चा गर्नुभयो । ज्ञवालीले देशमा जबसम्म नागरिकले आर्थिक अधिकार पाउँदैनन तबसम्म देशमा आएको प्रजातन्त्र अधूरो रहने धारणा राख्नुभयो ।

एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले देशको सार्वमौभ रक्षा र देशको मानव अधिकार रक्षाका सबालमा स्व मदन भण्डारी निकै अगाडि रहेको उल्लेख गर्नुहुँदै कम्युनिष्ट आन्दोलनलाई जीवित राख्न उहाँको बिचार उपलब्धीमूलक रहेको धारणा व्यक्त गर्नुभयो ।

एमालेका भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा, अलाइन्सका अध्यक्ष पुरुषोत्तम श्रेष्ठलगायतले देशमा गणतन्त्र र मानव अधिकारको रक्षाका लागि सधै कटिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राजनीतिक समीकरण फेरिँदा माओवादीलाई सबैभन्दा धेरै क्षति लुम्बिनीमा

देउवा र ओलीसहितका शिर्ष नेता शीतल निवासमा

समृद्धिका लागि राजनीतिक नेतृत्वलाई सकारात्मक दबाब दिन जरुरी : इश्वर पोखरेल

सरकारमा दाबी पेश गर्न देउवा र ओली हस्ताक्षर गरेर तयारी अवस्थामा

देश र जनताको समस्या समाधान हुनुपर्छ : सांसद सुवाल

राजनीतिक अस्थिरताले समस्या समाधान हुँदैन : सांसद केसी

प्रधानमन्त्रीले आत्मसमीक्षा गर्नुपर्छ : सांसद यादव

दुई पार्टीबीचको सहमतिमा आशङ्का छः उपप्रधानमन्त्री लामिछाने

मेटमणिको प्रचण्डलाई सुझाव- देउवासँग सम्बन्ध नबिगार्नु होला, चार महिनापछि तपाइँ नै आउने हो

गृहमन्त्रीले सुशासनका कुरा गरेर संसदमा झुटो बोल्नुभयो- ज्ञानेन्द्र शाही

प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपा संसदिय दलको निर्णय

राजनीतिक स्थायित्वका लागि नयाँ समीकरण