सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बागमती प्रदेशसभा बैठक : विधेयक समितिमा पठाउन स्वीकृति

२०८१ असार १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बागमती प्रदेशसभाको आजको बैठकले उच्च शिक्षा (पहिलो संशोधन) अध्यादेश–२०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाउन सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ ।

यसअघि प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उक्त विधेयक दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।

यस्तै शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकालले विज्ञान, प्रविधि, नवप्रवद्र्धन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकउपर समितिले गरेको निर्णयको प्रतिवेदन प्रदेशसभामा पेस गर्नुभएको थियो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

बागमती प्रदेशमा अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण

प्रतिनिधि सभाको बैठक फेरी सारियो

प्रतिनिधिसभा बैठक सोमबार मात्रै बस्ने

साहित्यले राष्ट्रलाई अगाडि बढाउँछ : सभामुख

सरकारमा गएर गरेका कामप्रति हामि आफै सन्तुष्ट छैनौं- रवि लामिछाने

अब प्रचण्डको उथलपुथलले काम गर्दैन- योगेश भट्टराई

राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेका हौँ- रमेश लेखक

मेरो विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो- प्रधानमन्त्री

क्षेत्रीय विद्युत व्यापारमा ढोका खुलेको छ- प्रधानमन्त्री

देश आर्थिक सङ्कटको डिलबाट बाहिर आएको छ- प्रधानमन्त्री

मन्त्रीहरुको उपस्थिति नभएपछि संसदको बैठक स्थगित