सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इरानमा राष्ट्रपतिको लागि मतदान सुरु

२०८१ असार १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः इरानमा राष्ट्रपति चयनका लागि शुक्रबार विहानैदेखि मतदान सुरू भएको छ । स्थानीय समयअनुसार बिहान ८ :०० बजे देशभरका ५८ हजार ६४० मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

गत महिना हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको छ ।

मिडिया रिपोर्टका अनुसार शनिबार बिहानसम्ममा प्रारम्भिक र आइतबारसम्ममा औपचारिक नतिजा आउने अनुमान गरिएको छ ।

यस मतदानमा करिब छ करोड १० लाख इरानी नागरिक मतदानका लागि योग्य रहेका छन् । राष्ट्रपतिका लागि सुधारवादी नेता ६९ वर्षीय मसूद पेजेशकियान, सभामुख मोहम्मद बघेर गालिबाफ, पूर्व आणविक वार्ताकार सइद जलिली र सुरक्षा अधिकारी रहेका मोस्ताफा पोउरमोहमदी चुनावी मैदानमा रहेका छन् ।

६ उम्मेदवार रहेपनि चुनावको अन्तिम समयमा तेहरानका मेजर अलिरेजा जकानी र रईसीका पूर्व उपराष्ट्रपति अमिर होसेन गाजिजादेह हाशेमी उम्मेदवारी फिर्ता लिएका थिए ।

यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गरेनन् भने जुलाई ५ मा दोस्रो चरणको मतदान हुनेछ । सन् २००५ को मतदानपछि इरानी चुनावी इतिहासमा दोस्रो पटक मतदान भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नाइजेरियामा विद्यालय भत्किँदा आठ जनाको मृत्यु, दर्जनौँ घाइते

नेटो सदस्य देशहरु युक्रेनलाई सदस्यता र सैन्य सहयोग दिन प्रतिबद्ध

२०२४ का निर्वाचन- विश्वभर सत्ता हल्लाउने मतपरिणाम

चीन र बंगलादेशबीच २१ सम्झौता

ट्रम्पले बाइडेनलाई दिए गल्फ खेल्ने चुनौती

भारतको उत्तर प्रदेश उनावोमा भएको सवारी दुर्घटनामा १८ जनाको मृत्यु

युद्ध अन्त्य गर्न भारतको आग्रह

फ्रान्समा बामपन्थीको जितपछि अब के हुन्छ ?

गाजा युद्धविराम प्रयासमा सिआइए प्रमुख र इजिप्टका राष्ट्रपति सिसीबीच भेट

नवनिर्वाचित फ्रान्सेली सांसदहरू आगामी सरकार कसले बनाउने भन्ने वार्तामा प्रवेश

रुसी सेनामा कार्यरत भारतीयको फिर्ता सुनिश्चित गर्न भारत र रुसबीच छलफल

मोदीले पुटिनलाई भेटेकोप्रति जेलेन्स्कीको असन्तुष्टि