सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

स्वदेशमा नै सिर्जनशील उद्यम गर्न मुख्यमन्त्री सिंहको आग्रह

२०८१ असार १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–४ रामचोकस्थित नवनिर्मित राम व्यायामशाला भवनको उद्घाटन गर्नुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा रु २५ लाखको लागतमा व्यायामशाला निर्माण भएको श्रीराम युवा कमिटीको अध्यक्ष प्रमेश्वर साहले जानकारी दिनुभयो ।

सो अवसरमा मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारले युवामैत्री बजेट ल्याएको जानकारी दिँदै स्वदेशमा नै सिर्जनशील उद्यम गर्न युवालाई आग्रह गर्नुभयो । उहाँले खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन यापन गर्न नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने बताउनुभयो । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नाराका साथ हरेक पालिकासँगको समन्वयमा नागरिक आरोग्य केन्द्रको स्थापना गरी स्वस्थ्य नागरिक समृद्ध प्रदेशको अभियानसमेत सञ्चालन गरिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेश (पत्रसहित)

संसद सचिवालयको पत्र शीतलनिवासमा, राष्ट्रपतिले आजै सरकार गठनको आव्हान गर्ने

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

प्रधानमन्त्री प्रचण्डले गुमाए संसदको विश्वासः ढल्यो सरकार विपक्षमा १९४ मत

मेरा धारणा समीक्षागत निष्कर्ष हो, भावना र आवेग होइन- प्रधानमन्त्री

कांग्रेस–एमालेले सहमति सार्वजनिक नगर्दा अन्योलता सिर्जना भयो : मुख्य सचेतक पाण्डे

बेचन झाको पक्राउपछि नयाँ गठबन्धन बन्यो- पाण्डे

राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान प्रधानमन्त्री प्रचण्डको आग्रह

कांग्रेस-एमालेको मिलन अध्यारो कोठामा भयो : प्रधानमन्त्री

संविधानलाई कमजोर बनाउन दिइँन्न : प्रधानमन्त्री

संविधानमा माओवादीको सबैभन्दा ठूलो लगानी छ, यसलाई कमजोर बनाउन दिदैनौं- प्रधानमन्त्री

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रूचि थिएन र छैन- प्रधानमन्त्री