सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विदेशबाट आएका कामतको होटलमा शंकास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार

२०८१ असार ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिरहाको धनगढीमाई नगरपालिका १० स्थित धनगढीमाई होटल एण्ड लजमा आज अपरान्ह एक युवकको शंकास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ३ का करिव ३२ वर्षीय प्रमोद कुमार कामती रहेको प्रहरीले जनाएको छ।

होटल संचालक धर्मा महतोका अनुसार विहान ९.३० बजे एक जना महिलासँगै आएका कामती होटलमा प्रवेश गरेको जानकारी थिए। धेरै समय भइसक्दा समेत होटल चेक आउट नभएपछि ढोका खोल्दा कामती मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेको होटल संचालक महतोले जानकारी दिए।

मृतक कामती वैदेशिक रोजगारीबाट आज विहानमात्र घर आईपुगेको परिवारजनले जानकारी दिए। मृतका बुवा रामनारायण कामतीले विदेशबाट आउने वितिकै कसैलाई केही नभनी छोरा घरबाट निस्किएको बताए। मृतक कामतीको श्रीमतीसहित तीन छोरा र दुई छोरी छन्।

कामतीको मृत्यु शंकास्पद रहेको जनाउँदै मृतक कामतीसँग प्रवेश गरेकी अपरिचित महिला फरार रहेको वताउँदै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनास्थमो प्रकृति मुचुलका उठाउने काम भईरहेकोले तत्काल केही बताउन नसकिने जनाएकोछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

राहुघाट आयोजनाको मुख्य सुरुङ प्रायः पूरा

कस्तो छ आजको मौसम पूर्वानुमान ?

दाङमा जिप दुर्घटना हुँदा १० जना घाइते

नारायणगढ- मुग्लिङ सडकमा बस र ट्याङ्कर ठोक्किए, १६ जना घाइते

रौतहटमा सालको गोलिया काठसहित सफारी गाडी बरामद

विपदमा परी मृत्यु हुनेको संख्या १२८ जना पुग्यो

एकवर्षमा ६३ सर्पकोे उद्धार

जिल्ला अदालत बाँकेमा पारिवारिक इजलास सुरु हुँदै

अर्थमन्त्री पौडेलद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त

उपल्लो डोल्पाको मोरिम्ला नाका खोल्ने तयारी