सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विश्वकप क्रिकेट- अफगानिस्तान सेमिफाइनलमा

२०८१ असार ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः अफगानिस्तान आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टको किङ्सटाउन मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई डकवर्थ एण्ड लुइस (डीएलएस) पद्धतिका आधारमा आठ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो ।

यसखेलसँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टोलीको समीकरण पूरा भएको छ । सुपर आठको पहिलो समूहबाट भारत शीर्ष र अफगानिस्तान दोस्रो स्थानमा रहदै सेमिफाइनल पुगेका छन् भने दोस्रो समूहबाट दक्षिण अफ्रिकाका शीर्ष र इङ्ग्ल्याण्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका छन् ।

आजको खेलमा अफगानिस्तानले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय पाँच रनमा समेटियो । बङ्गलादेशका ओपनर लिटन दासले ५४, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए ।

अफगानिस्तानका लागि कप्तान राशिद खान र नवीन उल हकले समान चार÷चार विकेट लिए भने फजलहक फारुकी र गुलबदिन नाबीले समान एक÷एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुर्बाजले सर्वाधिक ४३ रनको योगदान दिए भने कप्तान राशिद खानले १९ रन जोडे । त्यसैगरी इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० तथा करिम जन्नतले ७ रन बनाए ।

बङ्गलादेशका लागि रिशाद होसैनले तीन विकेट लिँदा तस्किन अहमेद र मुस्ताफिर रहमानले समान एक÷एक विकेट लिए ।

सेमिफाइनलको पहिलो खेल यही असार १३ गते अफगानिस्तान र दक्षिण अफ्रिकाबीच नेपाली समयअनुसार विहान ६ः१५ बजे हुनेछ भने दोस्रो खेल सोही दिन राति ८ः१५ बजे भारत र इङ्ग्लयाण्डबीच हुनेछ आइसिसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महिला एशिया कप: आज नेपालले पाकिस्तानको सामना गर्दै

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

पाकिस्तानी बोर्डले बाबरसहित तीन खेलाडीलाई फ्रेन्चाईजी क्रिकेट खेल्न रोक्यो

फिल्म निर्माणमा ‘सक्किगोनि’ टिम, ‘लाज शरणम्’ को घोषणा

नेपालले आज युएईसँग खेल्दै

काभा यु-२० महिला भलिबल: नेपाल श्रीलंकासँग पराजित

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

ग्रीनवूड मार्सेलीमा अनुबन्ध

मेसी र स्वरेज बिना इन्टर मियामी विजयी

भदौमा महिला लिग खेलाउने तयारी गर्दै एन्फा

नेपालसहित ६ देशले जिते आइसीसी डेभलपमेन्ट अवार्ड

रियल म्याड्रिडका ८० हजारभन्दा बढी फ्यानले गरे एम्बाप्पेको स्वागत