सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक बस्दै

२०८१ असार ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज यहाँ बस्दै छ । बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।

बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल हुनेछ । बैठकका सहभागी हुन जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आइतबार बिहान यहाँ आइपुग्नुभएको थियो ।

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्रसचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित हुनुहुनेछ । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपविदेशमन्त्री सुनले गर्नुहुनेछ ।

भ्रमणका क्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्नुहुने कार्यक्रम छ । उपविदेशमन्त्री सुन भ्रमण सम्पन्न गरी भोलि असार १२ गते काठमाडौँबाट प्रस्थान गर्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशका अर्थमन्त्री यादवलाई आफ्नो क्षेत्रमा भव्य स्वागत

सशस्त्र प्रहरी बलः विपद्मा खोज तथा उद्धारदेखि राजस्व सङ्कलन

प्रधानमन्त्री ओली भोलि विश्वासको मत लिनुहुँदै : विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’

सेनाद्वारा एक हजार चार सय किलोमिटर सडक निर्माण

‘ऐन संशोधन गर्न अघि सारेको प्रस्ताव संसदबाट पास गराइने’

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको प्रष्टोक्ति

उपप्रधानमन्त्री सिंहसँग चिनियाँ राजदुत चोंगको भेटवार्ता

किन लत्याइयो धारा ७६ (२) ? : प्रा. वीरेन्द्र मिश्र

किरीबाससँग कूटनीतिक सम्बन्ध स्थापना

पहिरोमा परी गम्भीर घाइते चारजनाको सेनाको हेलिकप्टरबाट उद्धार