सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पोखरिया नगरपालिकाको आठौ नगरसभा सम्पन्न,४७ करोड भन्दा बढीकाे बजेट प्रस्तुत

२०८१ असार ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पर्साको पोखरिया नगरपालिकाको आर्थिक वर्ष ०८१/८२ को अाठौ नगरसभाले ४७ करोड १२ लाख ९३ हजार बराबरको अनुमानित बजेट प्रस्तुकरण गरेको छ ।

पोखरियामा रहेको शिवमंदिरको सभा हलमा आज भएको अाठौ नगरसभामा नीति तथा कार्यक्रममा अार्थिक वर्ष २०८१/८२ को लागी ४७ करोड १२ लाख,९३ हजारको बजेट वडाअध्यक्ष लक्ष्मण साह कानुले सार्वजनिक गर्नु भएको थियो।नगरसभाको उद्घाटन पोखरिया नगरपालिकाको नगरप्रमुख प्रधुमन चौहानले उद्वघाटन गर्नु भएको थियो ।

नगर् प्रमुख चौहानको अध्यक्षतामा भएकोको आठौ नगरसभा तथा नीति तथा कार्यक्रममा भने पोखरिया नगरपालिकाको बिकासको लागि अाफु लागिपरेको छु। पोखरियाको बिकास पाच वर्षिय योजनामा राखेर पुरा गर्ने प्रतिबद्धता गरेका छन। योजनामा रहेको निर्माण लगायतको काम आफूले सके अनुसार बाकी छोडेको छैन। उनले राजनितिकर्मी, जनप्रतिनिधि र कर्मचारीहरु वीच समन्वय गरि अगाडि बढेकोले अहिले हामीहरु धेरै नै बिकास निर्माण लगायतको काम अगाडि बढाएको बताए। यसपाली करिब २६ प्रतिशत बजेट आएको छैन।

जिल्लाकै दोस्रो सदरमुकामको रूपमा रहेको पोखरियाको समग्र विकासको लागि पार्टी प्रतिनिधिहरु लाई एकजुट भई अगाडि बढ्न उनले आग्रह गर्दै अाफु पनी सहकार्य र सहयोग लिएर अगाडी बढनमा जोड दिनु भएको छ। नगर सभा कार्यक्रम बाट स्वास्थ्य , शिक्षा, कृषि , पशु , पर्यटन, भौतिक पुर्वधार सिचाई, विकासमा , महिला बालबालिका उत्थान ,खेलकुद,जेष्ठ नागरिक सम्मान लगायतको योजनाहरुको प्राथमिकतामा विशेष जोड दिनु भएको छ।

नगरसभा कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत अजय श्रीबास्तवले भने नगरपालिकाको विकासमा सबै जनप्रतिनिधि र कर्मचारी हरुले मिलेर अगाडि बढन आग्रह समेत गरे। नगरसभा कार्यक्रममा वडाध्यक्ष प्रमोद गिरी, केदार प्रसाद,महेन्द्र महतो, लक्षमण साह कानु, शियानन्द चौहान, प्रमान्नद पटेल,नौसाद अालम,सोनालाल साह,किसोरी साह, नेपाल पत्रकार महासंघ पर्साको सभापति अनुप तिवारी,राजनितिकर्मी नेजामुदिन समानी,रामेश्वर रौनियार,राजु साह लगायतले नगरसभाको सफलताको शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।

कार्यक्रममा कार्यपालिका सदस्य ,नगरपालिका सदस्य कर्मचारी लेखापाल मनदिप महतो, अधिकृत बिजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरबिन्द दुबेदी, संदिप साह, समाजिक शाखा प्रमुख वाल्मीकि साह, कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन समाजिका शाखा सहाक प्रमुख नरेन्द्र साहले संचालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

राहुघाट आयोजनाको मुख्य सुरुङ प्रायः पूरा

कस्तो छ आजको मौसम पूर्वानुमान ?

दाङमा जिप दुर्घटना हुँदा १० जना घाइते

नारायणगढ- मुग्लिङ सडकमा बस र ट्याङ्कर ठोक्किए, १६ जना घाइते

रौतहटमा सालको गोलिया काठसहित सफारी गाडी बरामद

विपदमा परी मृत्यु हुनेको संख्या १२८ जना पुग्यो

एकवर्षमा ६३ सर्पकोे उद्धार

जिल्ला अदालत बाँकेमा पारिवारिक इजलास सुरु हुँदै

अर्थमन्त्री पौडेलद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त

उपल्लो डोल्पाको मोरिम्ला नाका खोल्ने तयारी