सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अमेरिकासँग सम्झौतापछि जुलियन असान्ज रिहा

२०८१ असार ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विकिलिक्सका संस्थापक जुलियन असान्ज एक वर्ष लामो कानुनी लडाइपछि बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको सम्झौतापछि जुलियन असान्ज रिहा भएका हुन् ।

५२ वर्षीय असान्जमाथि राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजातहरू चोरेको र सार्वजनिक गरेको आरोप लागेको थियो। अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेको इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो ।

जुलियन असान्ज पछिल्लो ५ वर्षदेखि बेलायतको जेलमा थुनिएका थिए र उनी अमेरिकामा सुपुर्दगीको मुद्दामा आन्तरिक रूपमा लडिरहेका थिए । बिबिसीका अनुसार अब असान्जले अमेरिकामा कुनै पनि समय हिरासतमा बिताउने छैनन् । अदालतको पत्र अनुसार जुलियन अष्ट्रेलिया फर्किनेछन् ।

विकिलिक्सले सामाजिक सञ्जालमा भनेको छ- ‘जुलियन असान्ज स्वतन्त्र भएका छन् ।’ १९०१ दिनको कारावास पछि, उनी बेलायतको बेलमार्श जेलबाट बाहिर निस्कएका थिए । उनले लन्डन उच्च अदालतबाट जमानत पाए र बेलायत छोडेको स्टान्स्टेड एयरपोर्टमा रिहा भएका थिए ।

विकिलिक्सका अनुसार जुलियन असान्जको रिहाई विश्वव्यापी अभियान र राष्ट्रसंघमा आवाज उठाउने नेताहरूको प्रयास हो । यसपछि मात्र अमेरिकासँग सम्झौता भएको थियो, यद्यपि विकिलिक्ससँग पनि यो सम्झौताको विस्तृत विवरण छैन ।

जुलियन असान्जले कानुनी प्रक्रिया पूरा गरी बेलायत छाडेका छन् । उनीहरुले अमेरिकासँग गरेको सम्झौताको जानकारी अहिलेसम्म बाहिर आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बंगलादेशमा कर्फ्यू जारी, देशभर सेना परिचालन

मलेसियामा नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले सम्हाले राजगद्दी

संयुक्त राष्ट्रसङ्घीय अदालतद्वारा इजरायललाई कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रमा “गैरकानुनी“ उपस्थिति अन्त्य गर्न आह्वान

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू

चुनावी मैदान छोड्न बाइडेनमाथि दबाब बढ्दै

अमेरिकी पत्रकारलाई रुसमा १६ वर्षको कारागार सजाय

बङ्गलादेशका प्रधानमन्त्रीको शासनका लागि विद्यार्थी अशान्ति ठूलो चुनौती

‘माइक्रोसफ्ट एज्योर’मा समस्या आउँदा उडानमा विश्वव्यापी समस्या

राष्ट्रपति बाइडेनलाई माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्या

छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा छ : भारतीय प्रधानमन्त्री मोदी

भगवानको कृपाले म बाँचे: पूर्वराष्ट्रपति ट्रम्प

ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन- युक्रेनी राष्ट्रपति जेलेन्स्की