सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुदूरपश्चिम प्रदेशः मन्त्री मन्त्रालयविहीन, मन्त्रालय मन्त्रीविहीन

२०८१ असार ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुदूरपश्चिम प्रदेशमा मन्त्री मन्त्रालयविहीन र मन्त्रालय मन्त्रीविहीन रहेका छन् । गत २८ जेठमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सात जनालाई मन्त्री नियुक्त गरेका थिए । त्यसमध्ये पाँच जनाको मन्त्रालय अझै टुंगो लागेको छैन ।

मन्त्रालयभन्दा बढी मन्त्री नियुक्त गरिएपछि पाँच जना मन्त्रीलाई मन्त्रालय पाउन समस्या भइरहेको छ । नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीलाई भागबन्डा मिलाउन आवश्यकताभन्दा बढी मन्त्री नियुक्त गरिएको भए पनि बिनाविभागीय मन्त्रीहरूले भने जिम्मेवारी पाउन सकेका छैनन् ।

मुख्यमन्त्री सोडारीले तेस्रोपटक मन्त्रिमण्डल विस्तार गर्दा एमाले र माओवादी केन्द्रबाट तीन–तीन जना तथा एकीकृत समाजवादीबाट एक जना गरी सात जना मन्त्री नियुक्त गरेका थिए । त्यसमध्ये दुई जनाले मन्त्रालयको जिम्मेवारी पाउँदा सँगै नियुक्त भएका अन्य पाँच जना मन्त्री भने जिम्मेवारीविहीन अवस्थामा छन् । भागबन्डाको किचलोबीच मुख्यमन्त्री सोडारीले पाँच जना बिनाविभागीयसहित सात मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

एमालेका सुरेन्द्रबहादुर पाल आर्थिक मामिलामन्त्री र माओवादी केन्द्रका ओमविक्रम भाट सामाजिक विकासमन्त्रीमा नियुक्त भएर पनि जिम्मेवारी सम्हालिसकेका छैनन् भने एमालेका बीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी विक तथा एकीकृत समाजवादीका माया पन्त बिनाविभागीय मन्त्री भएर मन्त्रालयविहीन रहेका छन् ।

यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई जना मन्त्री छन् । उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार विकासमन्त्री र टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री छन् ।राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नयाँ रणनीतिसाथ बस र यात्रु खोजिँदै

आन्दोलन चर्किएपछि ८ सय नेपाली विद्यार्थीले छाडे बंगलादेश

ओलीको पक्षमा दुई तिहाइ निश्चित

उच्च अदालतको कार्यसम्पादन वृद्धि

एक वर्षमा थपियो ३ खर्ब ५८ अर्ब २ करोड ऋण

सत्तासमीकरणको मर्मविपरीत पाण्डे सरकार

राजस्व र अनुदान संकलनमा सरकार असफल

केपी ओली सरकारः प्रधानमन्त्री दुई वर्षमा, मन्त्री एक वर्षमा फेरिने

बाढीपहिरो न्यूनीकरणका उपाय

पिआर लिएको आरोपमा उच्चपदस्थ छानबिनमा

दुई तिहाइको कसरतमा प्रधानमन्त्री ओली

बागमतीमा एमालेलाई चुनौती, मन्त्रालय घटाउने कि नेता रिझाउने