सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आफ्नै पार्टी नेतृत्ववाट सरकारको आलोचना

२०८१ असार ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय सरकारको नेतृत्व गरिरहेका छन् । तर, सोही पार्टीका नेता एवं सांसद झक्कुप्रसाद सुवेदीले आफ्नै पार्टीका अध्यक्षले नेतृत्व गरिरहेको सरकारको आलोचना गर्दै यही तरिकाले भ्रष्टाचार नियन्त्रण गर्न नसकिने टिप्पणी गरेका छन् ।

झक्कुले भने– पुरानै तरिकाले सरकार चलाएर अब भ्रष्टाचार नियन्त्रण गर्न सकिँदैन

राष्ट्रिय सभा सदस्य सुवेदीले सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा अब पुरानै तरिकाले सरकार चलाएर भ्रष्टाचार नियन्त्रण सम्भव नरहेको बताए । अब सरकारले सत्ताको पुरानो निरन्तरतालाई तोड्नुपर्ने र नयाँ क्रमको सुरुवात गर्नुपर्ने उनको भनाइ थियो । उनले सरकार पुरानै तरिकाले अगाडि बढ्न खोजेकाले भ्रष्टाचार नियन्त्रण गर्न सम्भव नभएको टिप्पणी गरेका छन् ।

‘भ्रष्टाचार नियन्त्रण गर्नका लागि सरकारले राज्य सत्ताको पुरानो निरन्तरतालाई तोड्ने र नयाँ क्रमको सुरुवात गर्ने गर्नुपर्छ,’ सुवेदीले भने, ‘पुरानै तरिकाले सरकार चलाएर अब भ्रष्टाचार नियन्त्रण गर्न सम्भव छैन, मुलुकलाई समृद्ध र जनतालाई आत्मनिर्भर बनाउनु सरकारको प्रमुख कर्तव्य हो ।’

यस्तै, उनले मुख्यसचिव डा. बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा डामिएको प्रति दुःख व्यक्त गरे । उनले ब्युरोक्रेसीको प्रमुख व्यक्ति नै भ्रष्टाचारमा मुछिनु गम्भीर रहेको बताए । सरकारले सबै भ्रष्टाचारीलाई कारबाही गर्दै मुलुकलाई समृद्ध बनाउने अभियानमा जुट्नुपर्ने उनको धारणा थियो ।

यता, सोमबार नै बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले किसानलाई समयमै मलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सांसदहरूले मुलुकभर फैलिएको डेंगु नियन्त्रण गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नयाँ रणनीतिसाथ बस र यात्रु खोजिँदै

आन्दोलन चर्किएपछि ८ सय नेपाली विद्यार्थीले छाडे बंगलादेश

ओलीको पक्षमा दुई तिहाइ निश्चित

उच्च अदालतको कार्यसम्पादन वृद्धि

एक वर्षमा थपियो ३ खर्ब ५८ अर्ब २ करोड ऋण

सत्तासमीकरणको मर्मविपरीत पाण्डे सरकार

राजस्व र अनुदान संकलनमा सरकार असफल

केपी ओली सरकारः प्रधानमन्त्री दुई वर्षमा, मन्त्री एक वर्षमा फेरिने

बाढीपहिरो न्यूनीकरणका उपाय

पिआर लिएको आरोपमा उच्चपदस्थ छानबिनमा

दुई तिहाइको कसरतमा प्रधानमन्त्री ओली

बागमतीमा एमालेलाई चुनौती, मन्त्रालय घटाउने कि नेता रिझाउने