सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोण र आपसी सहयोग आवश्यकः उपप्रधानमन्त्री श्रेष्ठ

२०८१ असार ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोण, एकता, ऐक्यबद्धता र आपसी सहयोगको महत्वमाथि जोड दिनुभएको छ ।

इरानको राजधानी तेहरानमा आज सम्पन्न एसिया सहयोग संवाद (एसिडी) को १९औँ मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले एसिडी क्षेत्रीय र बाह्य प्रभाव पार्ने दबाबका मुद्दामा खुला र परामर्शदायी संवादका लागि एसियाव्यापी क्षेत्रीय मञ्चका रूपमा विकसित भएको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो सम्बोधनमा क्षेत्रीय सहयोग र बहुपक्षीयताप्रति नेपालको बलियो प्रतिबद्धता दोहो¥याउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उहाँले विकास, दिगोपन र समृद्धिको साझा उद्देश्यसहित दिगो विकास लक्ष्य हासिल गर्न एसीडी भिजन २०३० र एसीडी खाका २०२१-२०३० कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

उहाँले कोभिड–१९, जलवायु परिवर्तन, विश्वव्यापी आर्थिक मन्दी, बढ्दो द्वन्द्व र भूराजनीतिक प्रतिद्वन्द्वीका कारण उत्पन्न चुनौतीबारेमा प्रकाश पार्नुभएको थियो । उहाँले थप एकीकृत, लचिलो र समृद्ध एसियाका लागि सामूहिक दृष्टिकोण, एकता, ऐक्यबद्धता र आपसी सहयोगको महत्वलाई पनि जोड दिनुभएको थियो ।

बैठकको क्रममा उपप्रधानमन्त्री श्रेष्ठले इरानका कार्यवाहक विदेश मन्त्री डा अली बघेरी, म्यानमारका उपप्रधान तथा विदेश मन्त्री उ थान स्वे, बहराइनका विदेश मामिला मन्त्री डा अब्दुललातिफ बिन रसिद अलजायानी, कुवेतका विदेश मामिला मन्त्री अब्दुल्ला अली अल–याह्या, साउदी अरेबियाका उपविदेश मामिला मन्त्री वालिद बिन अब्दुल करीम अल खराईजी, रूसी सङ्घका उपविदेश मामिला मन्त्री आन्द्रेई रुदेन्कोसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै क्षेत्रीय र विश्वव्यापी मुद्दासहित पारस्परिक हितका विविध विषयमा छलफल गर्नुभएको थियो ।

बैठकले एसिया सहयोग संवाद सचिवालयको कार्यप्रणालीका लागि मार्गदर्शक सिद्धान्त र एसिडी सदस्यहरूबीच सहयोगको रूपरेखा प्रदान गर्ने र यसको सचिवालयको संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण आधार प्रदान गर्ने प्रक्रियाका नियम पारित गरेको छ ।

सन् २०१६ देखि एसिया सहयोग संवाद (एसीडी) को सदस्यका रूपमा नेपाल अन्य एसियाली सदस्य राष्ट्रहरूसँग आपसी लाभ र पूरकताका विभिन्न क्षेत्रहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले संलग्न हुँदै आएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ आज साँझ तेहरानस्थित नेपालको अवैतनिक महावाणिज्य दूतावासले आयोजना गरेको प्रवासी नेपालीहरुसँगको अन्तरक्रियामा पनि सहभागी हुनुभएको थियो । सो अवसरमा उहाँले नेपाल सरकारका सम्बद्ध निकायहरुमार्फत प्रभावकारी र समयसापेक्ष कन्सुलर सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठ आजै तेहरानबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिशूलीमा हराएका बस र यात्रु खोज्न गृह मन्त्रालयले लेख्यो भारत सरकारलाई पत्र

बालुवाटारमा ओलीले भने- भारत र चीनसँगको सम्बन्ध सुमधुर बनाउन लाग्छु

सरकारको प्राथमिकता राजनीतिक स्थिरता र सुशासन कायम गर्नु हो: गृहमन्त्री लेखक

प्रधानमन्त्री ओलीद्वारा शीर्ष नेताको तस्बिरमा माल्यार्पण

परराष्ट्रमन्त्री बनिन् आरजु देउवा

आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य छ : राष्ट्रियसभा अध्यक्ष

एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

पूर्वराष्ट्रपतिसँग ओलीको भेटघाट

चार महिने कार्यकालमा आशा जगाउने काम गरे- अर्थमन्त्री पुन

गृहसचिव र महानिरीक्षकले गरे सिमलताल क्षेत्रको स्थलगत अवलोकन

मधेशको बजेट छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय