सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेप्से परिसूचक सामान्य अङ्कले बढ्दा पाँच अर्बमाथिको कारोबार

२०८१ असार १०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक तीन दशमलव २१ अङ्कले बढेर दुई हजार ६६ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज तीन सय २२ कम्पनीको एक करोड सात लाख सात हजार आठ सय ७८ कित्ता शेयर ६६ हजार पाँच सय १९ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब सात करोड ७२ लाख ५५ हजार एक सय १६ बराबरको कारोबार भएको हो ।

आजको कारोबारमा विकास बैंक एक दशमलव ५६, वित्त दुई दशमलव ११, जलविद्युत् शून्य दशमलव १९, लघुवित्त एक दशमलव ३६ र म्युचुअल फन्ड शून्य दशमलव ५१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव २१, लगानी शून्य दशमलव २५, जीवनबीमा शून्य दशमलव १८, उत्पादन तथा प्रशोधन शून्य दशमलव २२, निर्जीवन शून्य दशमलव ०९ र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले घटेको छ ।

नेपाल फाइनान्स लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव एक प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै मेरो माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको रु २४ करोड ३२ लाख १८ हजार चार सय ९५ बराबरको तीन लाख ६४ हजार छ सय ९५ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भैरहवा भन्सार ३ वर्ष देखि भएन लक्ष्य पार, निर्यात बढ्यो

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सिराहा भन्सारको राजस्व सङ्कलनमा कमी

ड्रागन फ्रुट बिक्रीबाट वार्षिक रु १६ लाख आम्दानी

भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तराष्ट्रिय

सरकारी ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो, गत आवमा ऋण तिर्न तीन खर्ब खर्च

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

मौद्रिक नीति आज सार्बजनिक नहुने

अमेरिकी डलर उच्च मूल्यमा, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभरा देवीको दर्शन

सैनिक कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड नगद मौज्दात