सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जङ्गलमा बसेका पाँच सय घर, टहरा भत्काइयो

२०८१ असार १०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कैलाली भजनी नगरपालिकाको वडा नम्बर १ र ९ मा बाढीपीडितका नाममा १८ वर्षदेखि बस्दै आएका झण्डै पाँच सय घर/टहरा सोमबार भत्काइएको छ ।

डिभिजन वन कार्यालय पहलमानपुरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा घर/टहरा भत्काएको हो । वर्षातका बेला घर डुबान परे भनेर केही दिनलाई बस्न आएकाहरूले जङ्गल क्षेत्र खाली नगरेकाले हटाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक एवम् पदमबहादुर विष्टले बताउनुभयो ।

उहाँका अनुसार डिभिजन वन कार्यालयका प्रमुख रामविचारी चौधरीको नेतृत्वमा घर/टहरा भत्काउन थालिएको छ । सुरुमा जङ्गल क्षेत्र खाली गराउन समस्या उत्पन्न हुने देखिएको थियो । तर सुरक्षाकर्मीको मेहनतले त्यो समस्या समाधान भएको छ ।

भजनी बजार छेउमा रहेको जङ्गलमा सो नगरपालिकाका वडा नम्बर ३, ५, ७ र ९ का बासिन्दाहरू बाढीपीडित भन्दै बस्न आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

राहुघाट आयोजनाको मुख्य सुरुङ प्रायः पूरा

कस्तो छ आजको मौसम पूर्वानुमान ?

दाङमा जिप दुर्घटना हुँदा १० जना घाइते

नारायणगढ- मुग्लिङ सडकमा बस र ट्याङ्कर ठोक्किए, १६ जना घाइते

रौतहटमा सालको गोलिया काठसहित सफारी गाडी बरामद

विपदमा परी मृत्यु हुनेको संख्या १२८ जना पुग्यो

एकवर्षमा ६३ सर्पकोे उद्धार

जिल्ला अदालत बाँकेमा पारिवारिक इजलास सुरु हुँदै

अर्थमन्त्री पौडेलद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त

उपल्लो डोल्पाको मोरिम्ला नाका खोल्ने तयारी