सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मसलाको रुख निरुत्साहित गर्ने बर्दिवासको नीति तथा कार्यक्रममा समावेश

२०८१ असार १०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मसलाको रुखका कारण भुमिगत पानीमा समस्या आएको भन्दै बर्दिवास नगरपालिकाले निरुत्साहित गर्ने नीति अवलम्बन गरेको छ ।

नगरसभाको १४ औ अधिवेशनमा मसलाको रुखलाई नगरवाट नै निरित्साहित गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको हो ।पछिल्लो समय भुमिगत पानीमा संकट सिर्जना भैइरहेको वेला मसलाको रुख समेत कारक रहेको किसानहरुले गुनासो गर्न थालेका छन ।

यस्लाई पुष्टि गर्नेगरी विभिन्न अध्यण र अनुसन्धानका प्रतिवेदन समेत सार्वजनिक भएका छन । अमेरिकाको नेसनल लाईवेरी अफ मेडिसिनले समेत पातहरुमा एसिड हुने हुँदा माटोको उर्वरासक्तीमा ¥हास आउने र पानी वढी सोस्ने निष्कर्ष निकालिएको छ । लाईवेरीको अनुसार भुमिगत पानीमा यस्ले गहिरो असर पु¥याउने गर्दछ परिणामस्वरूप मसलाको रुख भएको ठाउँमा पानीको अभाव चुलिदै गएको छ ।

सन १९९३ मा युएनको फुड एण्ड एग्रीकल्चर अर्गनाइजेसनले गरेको अध्यणमा ४ सय एमएल देखि१२ सय एमएलसम्म बार्षिक वर्षा नहुने ठाउँमा यो रुखलाई पुर्ण प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएको छ ।

मधेशमा किसानहरुले भुमिगत पानीमा मसलाको कारणले नै  संकट गहिरिएको अनुभव र गुनासो गर्न थालेपछी ३ दर्जन पालिकाहरुले हटाउने नीति नै अवलम्बन गरेका छन ।

बर्दिवास नगरपालिकामा त किसानहरुले उक्त रुख हटाउन लिखित उजुरी नै लिएर आएको न्यायिक समितिले जनाएको छ ।

उपप्रमुख तारादेवी महतोले जनगुनासो र उजुरीलाई  संवोधन हुनेगरी नीति तथा कार्यक्रममा समावेश गरिएको वताईन । ५० औ जना किसानहरुले अहिलेसम्म उजुरी नै दिएको उन्को भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

राहुघाट आयोजनाको मुख्य सुरुङ प्रायः पूरा

कस्तो छ आजको मौसम पूर्वानुमान ?

दाङमा जिप दुर्घटना हुँदा १० जना घाइते

नारायणगढ- मुग्लिङ सडकमा बस र ट्याङ्कर ठोक्किए, १६ जना घाइते

रौतहटमा सालको गोलिया काठसहित सफारी गाडी बरामद

विपदमा परी मृत्यु हुनेको संख्या १२८ जना पुग्यो

एकवर्षमा ६३ सर्पकोे उद्धार

जिल्ला अदालत बाँकेमा पारिवारिक इजलास सुरु हुँदै

अर्थमन्त्री पौडेलद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त

उपल्लो डोल्पाको मोरिम्ला नाका खोल्ने तयारी