सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता

२०८१ असार १०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त विधेयक राष्ट्रियसभामा दर्ता गराएकी हुन् । नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विधेयक ल्याइएको उल्लेख छ ।आँखा स्वास्थ्य विधातर्फ उच्च शिक्षा प्रदान गर्नका लागि विश्वविद्यालय स्थापना गर्ने विधेयकको उद्देश्य छ ।

काठमाडौंको तिलगंगामा रहेको तिलगंगा आँखा उपचार केन्द्रले आँखाको सबैथरी उपचारसँगै लेन्स उत्पादन गर्दै आएको छ । जुन लेन्स विश्वभर नै बिक्री हुँदै आएको छ । डा. सन्दुक रुइतसहितको अगुवाइमा खुलेको उक्त आँखा अस्पतालले विश्वविद्यालय सञ्चालनको माग राख्दै आएको थियो ।

३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले उक्त विधेयक संसदमा पेश गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै

‘क्यान्सर’ रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै काठमाडौँ विश्वविद्यालय

मकवानपुरका २ सय ५७ एसईई उत्कृष्ट विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै

सफा हुदै काठमाडौँ महानगरभित्रका सार्वजनिक विद्यालय

भ्याली भ्यु स्कुल अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न, २७ विद्यालयका ४० विद्यार्थी सहभागिता

गण्डकी विश्वविद्यालयमा एशियामै पहिलोपल्ट एमआइटी एआई पढाइ हुने

निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका यथाशीघ्र आउँछ : शिक्षामन्त्री भट्टराई

वातावरण संरक्षणका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ बन्ने अवसर

मोहरम पर्वको अवसरमा आज नेपालगन्जका शैक्षिक संस्था बन्द

‘कुमोन सिकाइ विधि’नेपालमा

नयाँ शिक्षा ऐन निर्माण प्राथमिकतामाः शिक्षामन्त्री भट्टराई