सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्री दाहालसँग चिनियाँ उपविदेशमन्त्री वेइतोङको भेटवार्ता

२०८१ असार १०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो।

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुशी व्यक्त गरे। उनले नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक रहेको बताएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिए।

उपविदेशमन्त्री सुनले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको जानकारी गराए। उनले नेपालको आर्थिक–सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उपविदेशमन्त्री सुन नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा भाग लिन आज नेपाल आएका हुन्। भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो भने चीनका तर्फबाट नेपालस्थित चिनियाँ राजदूत छेन सङलगायतका उच्च अधिकारी सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिशूलीमा हराएका बस र यात्रु खोज्न गृह मन्त्रालयले लेख्यो भारत सरकारलाई पत्र

बालुवाटारमा ओलीले भने- भारत र चीनसँगको सम्बन्ध सुमधुर बनाउन लाग्छु

सरकारको प्राथमिकता राजनीतिक स्थिरता र सुशासन कायम गर्नु हो: गृहमन्त्री लेखक

प्रधानमन्त्री ओलीद्वारा शीर्ष नेताको तस्बिरमा माल्यार्पण

परराष्ट्रमन्त्री बनिन् आरजु देउवा

आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य छ : राष्ट्रियसभा अध्यक्ष

एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

पूर्वराष्ट्रपतिसँग ओलीको भेटघाट

चार महिने कार्यकालमा आशा जगाउने काम गरे- अर्थमन्त्री पुन

गृहसचिव र महानिरीक्षकले गरे सिमलताल क्षेत्रको स्थलगत अवलोकन

मधेशको बजेट छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय