सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टी- २० विश्वकपको सुपर आठमा आज दुई खेल हुदै

२०८१ असार १०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जारी टी-२० विश्वकपका सुपर आठका खेलमा आज दुई खेल हुदै छन् ।

आज पहिलो खेल वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच हुदै छ । एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने छ ।

सुपर आठमा दक्षिण अफ्रिकाले यस अघि खेलेका दुवै खेल जितेको छ भने यो खेल जितेमा सेमिफाइनलमा पुग्ने छ । त्यस्तै वेस्ट इन्डिजका लागि सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस अघि खेलेका दुई खेलमा अमेरिकालाई पराजित गरेको थियो भने ईङल्याण्डसँग पराजित भएको थियो ।

त्यस्तै आज अर्को खेल भारत र अस्ट्रेलियाबीच हुने छ । सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि हुने छ ।

भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो । सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महिला एशिया कप: आज नेपालले पाकिस्तानको सामना गर्दै

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

पाकिस्तानी बोर्डले बाबरसहित तीन खेलाडीलाई फ्रेन्चाईजी क्रिकेट खेल्न रोक्यो

फिल्म निर्माणमा ‘सक्किगोनि’ टिम, ‘लाज शरणम्’ को घोषणा

नेपालले आज युएईसँग खेल्दै

काभा यु-२० महिला भलिबल: नेपाल श्रीलंकासँग पराजित

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

ग्रीनवूड मार्सेलीमा अनुबन्ध

मेसी र स्वरेज बिना इन्टर मियामी विजयी

भदौमा महिला लिग खेलाउने तयारी गर्दै एन्फा

नेपालसहित ६ देशले जिते आइसीसी डेभलपमेन्ट अवार्ड

रियल म्याड्रिडका ८० हजारभन्दा बढी फ्यानले गरे एम्बाप्पेको स्वागत