सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अवैध लागूऔषधसहित तीन जना पक्राउ

२०८१ असार ९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बेलबारी नगरपालिका-१० भाउन्नेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित झापा दमक नगरपालिका-८ बस्ने २४ वर्षीय भोला मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रूपन्देही,  गैडहवा गाउँपालिका-८ कोत्रहवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ७० मिलिग्राम, मोबाइल २ थान र नगद ७७ हजार ९ सय रूपैयाँसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ मिमिहवा बस्ने २१ वर्षीय रबिन्द्र लोध र २३ वर्षीय लालमोहन लोध रहेका छन् । इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले लु.२१ प ३२५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाँकेमा चित्तलको मासुसहित एकजना पक्राउ

रोएर दिक्क बनाएको भन्दै २ महिने शिशुलाई आमाले विष खुवाएर हत्या…

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

रौतहटमा सालको गोलिया काठसहित सफारी गाडी बरामद

खोटाङ प्रहरीको सक्रियता, धमाधम फरार प्रतिवादी पक्राउ पर्दै

बिलबीजक नभएका साढे ५३ करोडको अवैध सामान बरामद

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ

गेष्टहाउसबाट छजना बालिकाको उद्धार

कोटेश्वरको गेस्टहाउसबाट ६ बालिकाको उद्दार,सञ्चालक पक्राउ

एक किलो अवैध लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ