सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पर्यटकीय गन्तव्य जितगढी किल्ला

२०८१ असार ९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरेको ऐतिहासिक जितगढी किल्लाको मुहार फेरिएको छ ।

वीरताको प्रतीकका रूपमा रूपन्देहीको जितगढी किल्ला परिचित छ । नयाँ स्वरूपमा यसको विकास भइरहेको छ । इस्ट इन्डिया कम्पनीसँग विसं १८७१ देखि १८७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरेका थिए ।

कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अङ्ग्रेज फौजमाथि विजय हासिल गरी अङ्ग्रेज फौजलाई फिर्ता पठाएको इतिहाससँग जोडिएको यो किल्ला हेर्नलायक बनेको छ । बुटवल वडा नं. १ मा रहेको यो स्थल आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो गन्तव्य बन्दै छ ।

बुटवल उपमहानगरपालिकाले त्यही ऐतिहासिक महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलका रूपमा विकास गर्न थालेपछि जितगढीको मुहार बदलिएको नगरप्रमुख खेलराज पाण्डेयको भनाइ छ । यसलाई नेपालकै हेर्नलायक बनाउने उहाँको धारणा छ । गुरुयोजना बनाएरै जितगढीको विकासका लागि काम सुरु गरिएपछि कर्णेल उजिरसिंह थापाको नौ फिट उचाइको पूर्ण कदको तामाको सालिक निर्माण र ५५ फिटको टावरमा राष्ट्रिय झन्डा फहराइएपछि यहाँको दृश्य हेर्नलायक बनेको छ ।

उपमहानगरपालिकाले किल्लामा भएको अतिक्रमणलाई हटाएर यसको पहिचान र अस्तित्वको जगेर्ना गरेको छ । जितगढीमा अङ्ग्रेज फौजसँगको युद्धमा नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापा र सहादत प्राप्त गर्ने १३ जना वीर नेपाली सैनिकको सालिक निर्माण गरिएको हो । जितगढी किल्लाकै स्वरूपमा निर्माण गरिएको कलात्मक प्रवेशद्वारबाट भित्र प्रवेश गर्नेबित्तिकै बायाँतर्फ लस्करै १३ जना सैनिकका अर्धकदका सालिक देख्न सकिन्छ ।

सो स्थानमा तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सुर्जे थापा, जमदार भीमसेन देउजा, सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानियाँ, दलखम्ब थापा, काजी वीरमन्जन पाँडे, जुठे बस्नेत र शमशेर राना मगरले वीरगति प्राप्त गरेकाले उहाँहरूको लस्करै सालिक त्यहाँ बनाइएको हो । ५० लाख रुपियाँ विनियोजन गरी काम सुरु गरिएकोमा गत वर्ष  एक करोड बजेट विनियोजन गरी गुरुयोजना बनाएरै सम्पदा स्थलमा विभिन्न संरचना निर्माण गरिएको छ ।

किल्लामा आठ करोड १२ लाख ८९ हजार २७ रुपियाँ लागतसहितको काम सकिएको छ । किल्ला नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरणसमेत गरिसकेको छ । गुरुयोजनामा जितगढी युद्ध सङ्ग्रहालय, सूचना केन्द्र, पुरानो बुटवललाई प्राचीन बजार र पुराताìिवक स्थलको रूपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ ।

अहिले सो स्थानमा दैनिक सरसफाइ, पहिचान दिने खालका तस्बिर, नक्सा, पुरानो नेपाललगायतका तस्बिर पनि राखिएको वडा नं. १ का जनप्रतिनिधि अशोक राईले जानकारी दिनुभयो । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नयाँ रणनीतिसाथ बस र यात्रु खोजिँदै

आन्दोलन चर्किएपछि ८ सय नेपाली विद्यार्थीले छाडे बंगलादेश

ओलीको पक्षमा दुई तिहाइ निश्चित

उच्च अदालतको कार्यसम्पादन वृद्धि

एक वर्षमा थपियो ३ खर्ब ५८ अर्ब २ करोड ऋण

सत्तासमीकरणको मर्मविपरीत पाण्डे सरकार

राजस्व र अनुदान संकलनमा सरकार असफल

केपी ओली सरकारः प्रधानमन्त्री दुई वर्षमा, मन्त्री एक वर्षमा फेरिने

बाढीपहिरो न्यूनीकरणका उपाय

पिआर लिएको आरोपमा उच्चपदस्थ छानबिनमा

दुई तिहाइको कसरतमा प्रधानमन्त्री ओली

बागमतीमा एमालेलाई चुनौती, मन्त्रालय घटाउने कि नेता रिझाउने