सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालमा राजनीतिक स्थिरता होस

२०८१ असार ९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसको बेलायतस्थित जनसम्पर्क समितिले नेपालमा राजनीतिक स्थिरता नहुँदा वैदेशिक लगानी नेपालमा गर्न नसकिएको बताएको छ ।

जनसम्पर्क समितिका अध्यक्ष महेश दाहालले आफू नेपालमा लगानी गर्न तयार रहे पनि नेपालमा पटकपटक भइरहने नीति परिवर्तनले लगानी गर्न समस्या भएको बताउनु भयो। शनिबार लण्डनमा आयोजित कार्यक्रममा उहाँले प्रवासी नेपालीले मात्र नभई आफूहरूले विदेशी लगानीकर्ताहरूलाई पनि नेपालमा लगानी गर्न आग्रह गरेको तर, नेपालको अस्थिर राजनीतिका कारण लगानी गर्न उनीहरू डराएको उल्लेख गर्नुभयो ।

‘‘प्रोजेक्टको स्वीकृति लिँदा एक, प्रोजेक्ट कार्यान्वयनमा जाँदा अर्को र उत्पादन गर्दा फरक नीति बन्ने हुँदा विदेशीहरू लगानी गर्न तयार देखिएनन्। ‘’ दाहालको गुनासो छ । उहाँले राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेसले नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो।

नेपालमा अहिले नयाँ राजनीतिक दलहरूको प्रभाव परेको उल्लेख गर्दै उहाँले त्यसको प्रभाव विदेशमा बस्ने नेपालीहरूमा पनि परेको छ भन्नुभयो ।  कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिको समस्या समाधान नगरेकाले पनि अप्ठेरो स्थिति आएको चर्चा कार्यक्रममा गरियो ।

प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जनसम्पर्क समितिका समस्यालगायतका विषयमा आफूले कांग्रेस नेतृत्वसँग कुरा गर्ने बताउनुभयो । कार्यक्रममा जनसम्पर्क समितिका अध्यक्ष दाहाल, प्रेस युनियन यूकेका अध्यक्ष विपिन निरौला, राजनीतिक विश्लेषक आरेक त्रिपाठी (राजकुमार)लगायतको उपस्थिति थियो ।  गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नयाँ रणनीतिसाथ बस र यात्रु खोजिँदै

आन्दोलन चर्किएपछि ८ सय नेपाली विद्यार्थीले छाडे बंगलादेश

ओलीको पक्षमा दुई तिहाइ निश्चित

उच्च अदालतको कार्यसम्पादन वृद्धि

एक वर्षमा थपियो ३ खर्ब ५८ अर्ब २ करोड ऋण

सत्तासमीकरणको मर्मविपरीत पाण्डे सरकार

राजस्व र अनुदान संकलनमा सरकार असफल

केपी ओली सरकारः प्रधानमन्त्री दुई वर्षमा, मन्त्री एक वर्षमा फेरिने

बाढीपहिरो न्यूनीकरणका उपाय

पिआर लिएको आरोपमा उच्चपदस्थ छानबिनमा

दुई तिहाइको कसरतमा प्रधानमन्त्री ओली

बागमतीमा एमालेलाई चुनौती, मन्त्रालय घटाउने कि नेता रिझाउने