सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिविको जग्गा खोजबिन समितिद्वारा कार्यारम्भ

२०८१ असार ७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा तथा सम्पत्ति खोजबिन समितिले कार्यारम्भ गरेको छ । समितिले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिवालय सञ्चालनमा ल्याई कार्यारम्भ गरेको समितिका सदस्य जानकीबल्लभ अधिकारीले जानकारी दिनुभयो ।

समितिले त्रिविका जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भएमा समितिलाई विभिन्न माध्यमबाट सूचित गर्न सार्वजनिक आग्रह गरेको छ । समितिले पहिलो चरणमा काठमाडौँ उपत्यकाका त्रिविका जग्गा र सम्पत्तिको खोजबिन गर्नेछ ।

मन्त्रिपरिषद्को गत जेठ १७ गतेको बैठकले पूर्वसचिव शारदाप्रसाद त्रितालका संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिका सदस्यमा अधिकारीका साथै महेन्द्रकुमार थापा, प्रा डा प्रेमसागर चापागाईं तथा सदस्यसचिवमा सुशीला अधिकारी रहनुभएको छ । समितिलाई तीन महिनाको अवधि दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै

‘क्यान्सर’ रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै काठमाडौँ विश्वविद्यालय

मकवानपुरका २ सय ५७ एसईई उत्कृष्ट विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै

सफा हुदै काठमाडौँ महानगरभित्रका सार्वजनिक विद्यालय

भ्याली भ्यु स्कुल अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न, २७ विद्यालयका ४० विद्यार्थी सहभागिता

गण्डकी विश्वविद्यालयमा एशियामै पहिलोपल्ट एमआइटी एआई पढाइ हुने

निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका यथाशीघ्र आउँछ : शिक्षामन्त्री भट्टराई

वातावरण संरक्षणका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ बन्ने अवसर

मोहरम पर्वको अवसरमा आज नेपालगन्जका शैक्षिक संस्था बन्द

‘कुमोन सिकाइ विधि’नेपालमा

नयाँ शिक्षा ऐन निर्माण प्राथमिकतामाः शिक्षामन्त्री भट्टराई