सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन सम्पन्न

२०८१ असार ६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न  निर्वाचन सम्पन्न गरेको छ ।

देशभर एकलाख ४६ हजार सात सय १४ सङ्गठित सदस्यमध्येबाट एक हजार चारसय प्रतिनिधिका लागि शान्तिपूर्ण रुपमा निर्वाचन गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

खुला, महिला र दलित गरी एक हजार आठसय ४९ प्रतिनिधि छनोट गरिने व्यवस्था छ । त्यसमध्ये केन्द्रीय कमिटी तीन सय ४६ र केन्द्रीय आयोगबाट एक सय चार जना प्रतिनिधि स्वतः महाधिवेशन प्रतिनिधिका रुपमा चयन भएका छन् ।

यही असार १६ देखि २० गते काठमाडौँस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका साथै नयाँ नेतृत्व चयन गर्नेछ । पार्टीले एकसय २५ सङ्गठित सदस्य बराबर एक प्रतिनिधि छनोट गर्ने जनाएको छ । पार्टीले सबै जिल्ला तथा मातहतका कमिटीलाई सम्बन्धित कार्यक्षेत्र, भूगोल तथा योगदानका आधारमा महाधिवेशन प्रतिनिधि छनोट गर्न आजको समयसीमा निर्धारण गरेको थियो ।

सबै कमिटीले मनोनयन दर्ता, मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन, मतदाताको नामावली विवरण प्रकाशनलगायत सम्पन्न गरेपछि निर्वाचन गरिएको हो । निर्वाचनको मतपरिणाम भोलिसम्म केन्द्रमा प्राप्त हुने जनाइएको छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट तीन वर्षअघि विद्रोह गरी गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ ।

विसं २००६ मा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी मानेको एकीकृत समाजवादी पार्टीले अहिलेसम्म सम्पन्न भएका नौ वटा अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रचण्डको अस्थिर प्रवृत्तिका कारण कांग्रेस-एमाले गठबन्धन : गगन थापा

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई एकीकृत समाजवादीको ह्विप

रास्वपा संसदीय दलको बैठक बस्दै

मुख्यमन्त्री जम्कट्टेल आज विश्वासको मत लिँदै

राप्रपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिदै

कांग्रेस संसदीय दलको बैठक बस्दै

आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै कांग्रेस

काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित

लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने