सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विपन्नलाई पढाउन पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापना

२०८१ असार ५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रामपुर (पाल्पा), असार  ५  गते । विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले यहाँका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ ।

रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो । जेहेन्दार, विपन्न विद्यार्थीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न  अक्षयकोष खडा गरिएको हो ।

रामपुर नगरपालिका क्षेत्रभित्रका रामतुलसी नमूना माध्यमिक विद्यालय, दरैठाँटी मावि र आधारभूत माविमा रु. एक–एक लाखका दरले रु अक्षयकोष स्थापनाका निम्ति रकम प्रदान गरिएको दाता रामप्रसाद लम्सालले बताउनुभयो । उहाँकी श्रीमती चुत्रकलाको जन्मजयन्तीमा ती विद्यालयका प्रधानाध्यापकलाई रु. एक लाखकाे चेक हस्तान्तरण गरिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै

‘क्यान्सर’ रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै काठमाडौँ विश्वविद्यालय

मकवानपुरका २ सय ५७ एसईई उत्कृष्ट विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै

सफा हुदै काठमाडौँ महानगरभित्रका सार्वजनिक विद्यालय

भ्याली भ्यु स्कुल अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न, २७ विद्यालयका ४० विद्यार्थी सहभागिता

गण्डकी विश्वविद्यालयमा एशियामै पहिलोपल्ट एमआइटी एआई पढाइ हुने

निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका यथाशीघ्र आउँछ : शिक्षामन्त्री भट्टराई

वातावरण संरक्षणका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ बन्ने अवसर

मोहरम पर्वको अवसरमा आज नेपालगन्जका शैक्षिक संस्था बन्द

‘कुमोन सिकाइ विधि’नेपालमा

नयाँ शिक्षा ऐन निर्माण प्राथमिकतामाः शिक्षामन्त्री भट्टराई